बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

सारांश

  • खस्यौली, ४ पुस, मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन ।
  • लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् ।

खस्यौली, ४ पुस, मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् ।

“लगानीकर्ता साक्षर भएको अवस्था पनि छैन र अनलाइन कारोवार गर्ने विषयमा दलाल कार्यालयसँग सम्झौता भएको छैन’ दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश अधिकारीले भन्नुभयो ।

उहाँले शेयर दलाल कार्यालयलाई लगानीकर्ताले कारोवार गर्ने निश्चत रकमको केही प्रतिशत दलाल कार्यालयलाई बुझाउनुपर्ने झन्झटसमेत भएकाले पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुची कम देखिएको हुनसक्ने उल्लेख गर्दै अब केही समयपछि शुरु हुनसक्ने बताउनुभयो ।

एशियन सेक्युरिटिज प्रालि (२६) नम्बर बुटवल शाखाका पुष्पनिधि ढकालले पूर्ण स्वचालित अनलाइन प्रणालीको लागि केन्द्रीय निर्देशन पनि नभएको र लगानीकर्ताले निश्चित रकम अग्रिम बुझाउने विषयमा जानकारी नभएकाले सम्झौतामा समेत समस्या हुन सक्ने अनुमान गर्नुभयो ।

उहाँलु भन्नुभयो, “हामी भर्खरै आएर शेयर कारोवार शुरु गरेका छाँै यसले शेयरमा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर प्रविधिमैत्री हुन समय लाग्छ ।” शेयर बजारको साक्षरताका विषयमा काम गरिरहेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले नेप्सेले भित्र्याएको सफ्टवेयरले काम नगरेको कारण लगानीकर्ता बुटवलमा अनलाइन प्रणालीमा जानका नसकेको आरोप लगाउँदै यससम्बन्धी अभ्यास यहाँ नभएको बताउनुभयो ।

उहाँले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर आवश्यक भएकोमा जोड दिँदै शेयर बजार कारोवारको लागि सचेतना पनि बढाउँदै लैजानुपर्ने बताउनुभयो । लगानीकर्तालाई अनलाइनमार्फत शेयर कारोवार खुला गरिएको १० दिनमात्रै भएको छ ।

नेप्सेले युजर नेम र पासवर्ड दिए पनि बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइनमा इन्टिग्रेशन नभई अनलाइन प्रयोग प्रभावकारी हुन नसकेको बताइएको छ । अनलाइन प्रणालीमा जानका लागि लगानीकर्ताले शेयर दलाल कार्यालसँग सम्झौता गर्नुपर्छ । अर्थमन्त्री डा युवराज खतिवडाले कात्तिक २० गते पूर्ण स्वचालित अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
पहिरामा पुरिएका छमध्ये दुईको शव फेला
पहिरामा पुरिएका छमध्ये दुईको शव फेला
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मुशर्रफ शक्तिशाली शासकदेखि मृत्युदण्डको नजिक
मुशर्रफ शक्तिशाली शासकदेखि मृत्युदण्डको नजिक
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै

तपाईंले छुटाउनुभयो कि?