कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा

सारांश

  • १ माघ, काठमाण्डौ ।
  • प्रदेश र प्रतिनिधीसभाको चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्रको किचलो मौलाउँदै गएको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाले चुनावको समिक्षासमेत गर्ने अवसर नदिँदा अरु नेताहरु कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने भन्दै भेला र गोप्य बैठक गर्दै आएका छन् ।

१ माघ, काठमाण्डौ । प्रदेश र प्रतिनिधीसभाको चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्रको किचलो मौलाउँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनावको समिक्षासमेत गर्ने अवसर नदिँदा अरु नेताहरु कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने भन्दै भेला र गोप्य बैठक गर्दै आएका छन् ।

 

चुनावको सबै नतिजा नआउँदै युवा नेता गगन थापाले अहिलेको नेतृत्वले अब कांग्रेसलाई संचालन गर्न नसक्ने बताएर तरङ्ग ल्याएका थिए । थापाले त नेतृत्वले युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज नै उठाए । यति मात्रै होइन, कांग्रेसलाई बलियो बनाउनका लागि आवश्यक परे हस्तक्षेप नै गर्न आफू अघि सर्ने बताएपछि उनी चर्चामा आए ।

तर देउवा गुटका नेताहरुले थापाको खेदो खने । कारबाही गर्नेसम्मको हल्ला चलाइयो । तर थापाकै शैलीमा अर्का नेता प्रकाशमान सिंहले पनि देउवाको खुलेरै आलोचना गरे । आफू नेतृत्व लिन सक्षम भएको दाबी गर्दै प्रकाशमानले देउवालाई राजिनामा दिन दबाब नै दिए ।

पछिल्लो समय क्रमबद्ध रुपमा पार्टी नेतृत्वमाथि आलोचना र दबाब सृजना भइरहेको छ । तत्कालका लागि केन्द्रिय समितिको बैठक बसेर चुनावको बारेमा समिक्षा गर्नुपर्ने माग उठिरहेको छ । तर सभापति देउवाले सुनेको नसुन्यै गरेका छन् । देउवाले त आफू चुनाव हार्ने, दोष चाँही मलाई दिने भनेर आलोचना गर्नेहरुको मुख थुन्ने प्रयाससमेत गरे । तर देउवाको यो भनाई जिम्मेवार व्यक्तिको मान्न सकिने जस्तो भने थिएन ।

चुनावमा पराजित भएपछिपनि देउवाले केही गरेनन् । न औपचारिक रुपमा आफ्नो धारणा राखे, न पार्टीभित्र छलफल र समिक्षा गर्ने मौका दिएका छन् । बरु आफू निकटका नेताहरुलाई अहिलेकै नेतृत्व ठीक छ भनेर भन्न लगाएका छन् ।

देउवाको गुटमा बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र राय यादव, मिन विश्वकर्मा लगायतका नेताहरु सक्रिय छन्, जसले देउवाको नेतृत्व परिवर्तन गर्न नहुने बताउँदै आएका छन् । यति मात्रै होइन, यिन नेताहरुले नेतृत्व परिवर्तनको कुरा गर्ने अन्य नेताहरुको आलोचनासमेत गरेका छन् । यि नेताहरु देउवा बचाउ अभियानमा खुलेरै सक्रिय छन् ।

सभापति देउवापछिको अर्को बलियो समुह रामचन्द्र पौडेलतिर छ । पौडेलले पनि भेला र बैठकहरुलाई तिब्रता दिएका छन् । पौडेल आफूले नेतृत्व लिनसक्ने अवस्थामा नै त छैनन्, तर देउवाको नेतृत्व हटाउनका लागि पौडेल लागि परेका छन् ।

सबैतिरबाट देउवाको नेतृत्व असफल भएको भनिरहेका बेला पौडेललाई सजिलो पनि भएको छ । त्यति मात्र नभै पछिल्लो महाधिवेशनमा पौडेलको साथ छोडेका कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी पनि अहिले उनै पौडेले राखेको बैठकमा सहभागि हुन थालेको बताइएको छ ।

पौडेलकै गुटका नेताहरु नविन्द्रराज जोशी, कल्याण गुरुङ, रामकृष्ण यादव, जीवन परियार लगायतका नेताहरु पनि छुट्टाछुट्टै समिक्षामा जुटेका छन् ।

युवा नेताहरुको समुहमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताहरु सक्रिय छन् । यो समुहको नेतृत्व गर्ने भनेर चर्चामा रहेका विश्वप्रकाश शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाइदिएपछि शर्मा बाहिरए जस्तै भएको छ ।

अर्कोतिर जिल्ला सभापतिहरुको गुटको नेतृत्व संजय गौमले गरेका छन् । बर्दियाका सभापति गौतमले जिल्ला सभापतिहरुको भेला र बैठकलाई प्राथमिकतामा राखेका छन् ।

विभिन्न किसिमका गुट, आलोचना र दबाबले यतिखेर सभापति देउवालाई सकस छ । तर गुटगत राजनीतिले नेतृत्व हटाउनसक्ने सम्भावना त्यति बलियो भने छैन । पार्टीको विधी र प्रक्रिया एकतातिर गुट, आलोचना र दबाब अर्कोतिर छ ।

यद्यपी देउवालाई केन्द्रिय समितिको बैठक नबोलाई त सुखै छैन । बैठकमा हुने समिक्षाले महासमिति बैठक बस्नुपर्ने अवस्था आउन सक्छ । महासमिति बैठकले विशेष महाधिवेशनसम्मको आवाज बुलन्द पार्यो भने चाँही नेतृत्व परिवर्तनसम्मको घटनाक्रम नहोला भन्न सकिदैन ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
डिजेल र पेट्रोलको मूल्य घट्यो
डिजेल र पेट्रोलको मूल्य घट्यो
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’

तपाईंले छुटाउनुभयो कि?