बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
सारांश
- असार १४, बुटवलमा स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना कार्य आजै हुदैछ ।
- बुटवल उपमहानगरपालिकामा आजै रातीदेखि नै मतगणना सुरु हुने भएको छ ।
- उपमहानगरपालिकामा मतदान केन्द्रबाट कूल ७० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।
असार १४, बुटवलमा स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना कार्य आजै हुदैछ । बुटवल उपमहानगरपालिकामा आजै रातीदेखि नै मतगणना सुरु हुने भएको छ । उपमहानगरपालिकामा मतदान केन्द्रबाट कूल ७० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी भरतमणि पाण्डेले दिएको जानकारी अनुसार बुटवलमा राती १२ बजेदेखि मतगणना गर्ने तयारी भईरहेको छ । तर बुटवल १३ मा भने अझै पनि मतदान भैरहेको छ । अझै करिब सय मतदाता लाइनमा छन् ।`सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ७ सय २६ मतदाता रहेकोमा २५ हजार ३ सय ८० मत खसेको छ ।
आचार्य प्रदीप बुटवल
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया