लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
४१ पटक हेरिएको
Shares
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ

सारांश

  • सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ ।
  • निजको साथबाट ३०÷३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ ।

निजको साथबाट ३०÷३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बलात्कार आरोपितविरुद्ध उजुरी दर्ता

सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले बलात्कारको उजुरी दर्ता गरेको छ । पीडितसँगै जिल्ला प्रहरी कार्यालय आउनुभएकी पीडितकी दिदीले बलात्कार गर्ने आरोपित छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरुद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

घरका अभिभावक तीर्थ गर्न भारतको झारखण्डस्थित वैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले गत बुधबार राति साडीले मुख बाँधेर बलात्कार गरेको पीडितले बताउनुभयो । पीडितकी दिदीले आरोपित भाग्ने क्रममा उनको साँचो छुटेको र प्रमाणस्वरुप प्रहरीलाई बुझाएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?