पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
४९ पटक हेरिएको
Shares
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा

सारांश

  • ११ कात्तिक, पोखरा ।
  • अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् ।
  • पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

११ कात्तिक, पोखरा । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् ।

पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए ।

सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए ।

यसैबीच, कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।

१५/२० जनाको समूहमा रहेका मध्ये गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अन्य भने भागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन्  ?
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन् ?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
दुनाटपरीबाटै आत्मनिर्भर
दुनाटपरीबाटै आत्मनिर्भर
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित