कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
१८ पटक हेरिएको
Shares
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

सारांश

  • काठमाडौं- कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ ।
  • जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो ।
  • सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।

काठमाडौं- कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए ।

सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?