बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २८, २०७९
|
|
४२ पटक हेरिएको
Shares
बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते

सारांश

  • काभ्रेपलाञ्चोक।
  • काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
  • बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्याइएको छ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा मंगलवार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको हो । प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
आज कृष्णजन्माष्टमी : ‘व्रत’ बसी रातभर जाग्राम
आज कृष्णजन्माष्टमी : ‘व्रत’ बसी रातभर जाग्राम
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान