मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा

सारांश

  • होल बडी चेकजाँच गराउन आएकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एकजना चिकित्सकलाई पक्राउ गरेको छ ।
  •  आइतबार होल बडी जाँचका लागि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल पुगेकी ती महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा उक्त अस्पतालका चिकित्सक रोहितकुमार झालाई सोमबार महानगरीय प्रहरी परीसर ललितपुरले पक्राउ गरेको परिसर प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए ।
  • उनका अनुसार पीडितले सोमबार परिसरमा ती चिकित्सकविरूद्ध उजुरी दिएकी थिइन् ।

होल बडी चेकजाँच गराउन आएकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एकजना चिकित्सकलाई पक्राउ गरेको छ । आइतबार होल बडी जाँचका लागि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल पुगेकी ती महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा उक्त अस्पतालका चिकित्सक रोहितकुमार झालाई सोमबार महानगरीय प्रहरी परीसर ललितपुरले पक्राउ गरेको परिसर प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए ।

उनका अनुसार पीडितले सोमबार परिसरमा ती चिकित्सकविरूद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । एसएसपी राईले भने, “ पक्राउ परेका चिकित्सक झालाई म्याद थपका लागि भोलि जिल्ला अदालतल ललितपुर लगिने र थप अनुसन्धान अघि बढाइने छ ।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?