भिरबाट लडेर दाजुभाइको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३, २०७३
|
|
२२२ पटक हेरिएको
Shares
भिरबाट लडेर दाजुभाइको मृत्यु

सारांश

  • भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो ।
  • साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।

भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?