हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
३२ पटक हेरिएको
Shares
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप

सारांश

  • काठमाडौं, २१ असोज ।
  • भारतको हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
  • नेपाली सञ्चारमाध्यममा स्थापित भएर भारतीय पत्रिकामा काम थालेका झामाथि हिन्दुस्तान टाइम्सकै एक पूर्व महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् ।

काठमाडौं, २१ असोज । भारतको हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । नेपाली सञ्चारमाध्यममा स्थापित भएर भारतीय पत्रिकामा काम थालेका झामाथि हिन्दुस्तान टाइम्सकै एक पूर्व महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् ।

पत्रकार झाले वकीलसमेत रहेकी हिन्दुस्तान टाइम्समा कानुन बिट हेर्ने महिला पत्रकारलाई यौन दुव्र्यवहार गरेको समाचार भारतीय अनलाइन फस्र्ट पोष्टले छापेको छ । सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटेकी थिइन् । दुबैको डेस्क नजिक थियो । दुबैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो ।

एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखेको त्यसलाई उनले सहजै स्वीकार गरेको समाचारमा उल्लेख छ । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छन् । “तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन, आइन्दा यस्ता कुरा नगर” भनेर अस्वीकार गर्दा पनि झाले बारम्बार सन्देश पठाइराखेकाले दिक्क पत्रिका नै छाड्नुपरेको दावी महिला पत्रकारको छ ।

पहिलोपल्ट प्रेमको प्रस्ताव राखेको र आफूले तिमी विवाहित हौ भनेर स्मरण गराएको भोलिपल्ट झाले पठाएको व्यंग्यात्मक सन्देशमा लेखेका थिए, “तिम्रो साध्वी सुझावको लागि धन्यवाद ।” सन् २०१७ को अक्टोबरदेखि अमेरिकाबाट सुरु भएको #MeToo अभियानअन्तरगत विश्वभरका महिलाहरुले आफूहरुमाथि आफ्नै सहकर्मी पुरुषहरुले गरेको यौन दुव्र्यवहारका बारेमा खुलेर बोल्दै आएका छन् । भारतमा पनि यो अभियान चलाइएको छ । धेरैजना सेलिब्रिटीहरुले आफूमाथि भएको दुव्र्यवहारका बारेमा बताउन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?