द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
५५ पटक हेरिएको
Shares
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडौं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आएका छन् ।
  • सो अवसरमा उनले बकैया-५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरे ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडौं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आएका छन् । सो अवसरमा उनले बकैया-५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरे ।

अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताए । दु्रत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । उनले दु्रतमार्ग निर्माणमा उत्पन्न समस्या समाधान गरिने बताए । यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

‘यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु,’ उनले भने । प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी-८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको स्थलगत अनुगमन गरे ।

झण्डै चार वर्ष अगाडि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) पारित भएपछि नेपाली सेनाले काम थालेको हो । काठमाडौंलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ । निर्माण सम्पन्न गर्न करिब दुई खर्ब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ : मन्‍त्री बास्कोटा
आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ : मन्‍त्री बास्कोटा
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक