नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रमक थियोः ट्रम्प
सारांश
- बीबीसी।
- पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार न्यूयोर्कमा भेटवार्ता भयो।
- भेट भन्दा पहिला ट्रम्प र इमरान खानले पत्रकार सम्मेलनमा केही प्रश्नको जवाफ पनि दिए।
बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार न्यूयोर्कमा भेटवार्ता भयो। भेट भन्दा पहिला ट्रम्प र इमरान खानले पत्रकार सम्मेलनमा केही प्रश्नको जवाफ पनि दिए। एक प्रश्नको जवाफमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भएको हाउडी मोदी कार्यक्रममा ५९ हजार मानिसका अगाडि निकै आक्रामक अभिव्यक्ति दिएको बताए।
उनले भने–भारत र प्रधानमन्त्री मोदीका तर्फबाट हिजो (आइतबार) निकै आक्रामक अभिव्यक्ति सुनेँ र म पनि त्यहाँ उपस्थित थिएँ। मलाइ थाहा थिएन की मैले त्यस्तो आक्रमक अभिव्यक्ति सुन्नपर्छ। त्यहाँ उपस्थितलाई मोदीको अभिव्यक्ति राम्रो लागेपनि मलाइ निकै आक्रामक लाग्यो।’
नरेन्द्र मोदीले आइतबार ह्युस्टनमा भएको हाउडी मोदी कार्यक्रममा पाकिस्तानका नाम नलिइकनै भनेका थिए–भारतको निर्णय (कश्मिरमा) ले उनीहरुलाई समस्या भएको छ, जसले आफ्नो देश सम्हाल्न सकेको छैन, उनीहरु आतंकवादलाई पक्ष पोशष गर्छन्।’
ट्रम्पले भारत र पाकिस्तान सँगै हुने र आगामी दिनमा राम्रो गर्ने विश्वास व्यक्त गरे। सबै समस्याको समाधान हुन्छ भने भारत पाकिस्तान समस्याको पनि समाधान हुने विश्वास व्यक्त गरे। अमेरिकी राष्ट्रपति ट्रम्पले एक पटक फेरि भारत र पाकिस्तान दुवैले आग्रह गरे कश्मिर मुद्दामा मध्यस्थता गर्न तयार रहेको बताए।
उनले भने–यदि मलाइ मध्यस्थताका लागि आग्रह गरिए म त्यसका लागि तयार छु र मध्यस्थता गर्न सक्षम पनि छु। यो निकै पेचिलो विषय हो। यो विवाद लामो समयदेखि चल्दै आएको छ। यदि दुवै देशले चाहे भने म मध्यस्थता गर्न तयार छु। तर भारत यसका लागि तयार हुनु आवश्यक छ।’
एक पत्रकारले ट्रम्पलाई कश्मिरको मानवअधिकारको स्थितिप्रति चिन्तित हुनुहुन्छ भनेर सोधेका एि। जवाफमा ट्रम्पले भने–सबै ठिक होस भन्न म चाहन्छु। र सबै मानिसप्रति राम्रो व्यावहार गर्नुपर्छ भन्ने मेरो मान्यता हो।’
ट्रम्पले पाकिस्तानले आतंकवादसँग लड्न प्रगति गरेको बताए। उनले इमरान खान आतंकवादसँग लड्ने विषयमा प्रगति गर्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने–डोनाल्ड ट्रम्पले विश्वको शक्तिशाली देशको नेतृत्व गरिरहनु भएको छ।’
उनले अगाडि भने–विश्वको शक्तिशाली देशको एक दायित्व पनि हुन्छ। तपाइँले मध्यस्थता गर्ने प्रस्ताव गर्नु भयो र तपाईँले के पनि भन्नु भयो भने त्यसका लागि दुवै देश तयार हुनुपर्छ। तर दुर्भाग्य पूर्ण भन्नुपर्छ भारत हामीसँग कुरा गर्न अस्वीकार गर्दै आएको छ। यस्तो स्थितिमा मलाइ के लाग्छ भने यो ठूलो संकटको सुरुवात हो।’
इमरान खानले अगाडि भने–मलाइ के लाग्छ भने कश्मिरको संटक निकै ठूलो हुनेवाला छ। अमेरिका सबै भन्दा शक्तिशाली देश हो। र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई पनि प्रभावित गर्न सक्छ। यसकारण हामी के चाहन्छौं भने अमेरिका यो मुद्दालाई उठायोस्।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुवै जना संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन्। इमरान खानले पहिला नै संयुक्त राष्ट्रसंघका नेतासँग कश्मिरको विषय उठाउने बताइसकेका छन्।
ट्रम्प र इमरान खानको भेटवार्तापछि पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले पनि पत्रकारसँग कुरा गरे। उनले यो भेटवार्ता पहिला नै तय भएको र यो भेटवार्तामा प्रधानमन्त्री इमरान खानले तीन वटा मुद्दामा चर्चा गरेको बताए।
उनले भने–कश्मिर, अफगानिस्तान र इरानका विषयमा वार्ता भयो। कश्मिरको अवस्थाप्रति प्रधानमन्त्रीले खेलेर राष्ट्रपतिसँग कुरा गर्नु भयो। इमरान खानले स्पष्ट रुपमा कश्मिर समस्याले मानवीय संटक उत्पन्न भएको बताउनु भयो। ८० लाख मानिस एउटा खुला जेलमा छन्।’
प्रतिक्रिया