दोहोरो अङ्कले घट्यो सेयर बजार…

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
दोहोरो अङ्कले घट्यो सेयर बजार…

सारांश

  • काठमाडौँ, ४ असार ।
  • केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
  • नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.

काठमाडौँ, ४ असार । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ ।

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ ।

यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य समूह १.७४ बिन्दुले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?