वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
४६ पटक हेरिएको
Shares
वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
  • सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आज संयुक्त अपिल गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनेकाले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको जनाएका छन् ।

नेकपा (एमाले) सम्बद्ध नेपाल निजामती कर्मचारी सङ्गठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीले आ–आफ्नो कार्यस्थलमा प्रवेश नगर्ने कार्यक्रम तय भएकोमा नेपाल निजामती कर्मचारी सङ्गठन बाहेकका अन्य ट्रेड युनियनले संयुक्त आन्दोलनबाट हात झिक्ने निर्णय गरेर आम कर्मचारीहरूको आन्दोलनको भावनामाथि घात भएको सङ्गठनको ठहर छ । यस्ता व्यवहारप्रति सङ्गठन गम्भीर आपत्ति प्रकट गर्दछ ।”

सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्तापक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गरेका थिए । आन्दोलनरत कर्मचारीका सङ्गठनले आज बिहीबार सिंहदरबार प्रवेशमा कर्मचारीलाई रोक लगाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
यस्ताे बन्दैछ धरहरा
यस्ताे बन्दैछ धरहरा
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द
शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो