मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
४२५ पटक हेरिएको
Shares
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह

सारांश

  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताउनुभएको छ ।
  • नेपाली काँग्रेस नागार्जुन नगर समितिले आज यहाँ आयोजना गरेको ‘क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम’मा नेता सिंहले मधेसी दलका जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव आएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
  • उहाँले संविधान संशोधन गरेर तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएका उपलब्धि गुम्ने हुँदा चाँडो निर्वाचनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस नागार्जुन नगर समितिले आज यहाँ आयोजना गरेको ‘क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम’मा नेता सिंहले मधेसी दलका जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव आएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन गरेर तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएका उपलब्धि गुम्ने हुँदा चाँडो निर्वाचनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस, एमाले र (माओवादी केन्द्र)को सहमतिमा संविधान निर्माण भएको हो यिनै दलको सहमतिमा संशोधन गरेर अगाडि बढौँ ।”

नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको मुख्य जिम्मेवार काँग्रेसकै काँधमा आएको भन्दै राष्ट्र जोगाउनका लागि नेपाली काँग्रेस जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पार्नुभयो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले मुलुकलाई जोगाउनका लागि सबै दलको उत्तिकै जिम्मेबारी रहेकाले वार्ता र छलफलबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले संविधान संशोधनमार्फत तीन तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्ने बताउनुभयो ।

समितिका अध्यक्ष केदार मानन्धरले सबै सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पाका वन डढेलोको जोखिममा
पाल्पाका वन डढेलोको जोखिममा
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार छान्दा एमाले वैठकमा कसले के भने?
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..

तपाईंले छुटाउनुभयो कि?