रोहिंग्या संकट : सूकीको शक्ति कति ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
रोहिंग्या संकट : सूकीको शक्ति कति ?

सारांश

  • म्यानमारको राखिने प्रान्तमा जारी हिंसा र रोहिंग्या मुसलमानहरूको पलायनको मुद्दामाथि कैयौँ अन्तर्राष्ट्रिय नेता तथा नोबेल पुरस्कार विजेताले आफ्नो चिन्ता जाहेर गरिसकेका छन् ।
  • म्यानमारकी नेतृ आङ सान सुकीले रोहिंग्या मुसलमानमाथि भइरहेको अत्याचारलाई चरमपन्थविरुद्धको कारबाही बताएर त्यसको बचाउ गरेकी थिइन् ।
  • यसैबीच सुकीको आगामी साता हुनेवाला संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन नजाने खबर अगाडि आएको छ ।

म्यानमारको राखिने प्रान्तमा जारी हिंसा र रोहिंग्या मुसलमानहरूको पलायनको मुद्दामाथि कैयौँ अन्तर्राष्ट्रिय नेता तथा नोबेल पुरस्कार विजेताले आफ्नो चिन्ता जाहेर गरिसकेका छन् । म्यानमारकी नेतृ आङ सान सुकीले रोहिंग्या मुसलमानमाथि भइरहेको अत्याचारलाई चरमपन्थविरुद्धको कारबाही बताएर त्यसको बचाउ गरेकी थिइन् ।

यसैबीच सुकीको आगामी साता हुनेवाला संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन नजाने खबर अगाडि आएको छ । यहाँनेर एउटा प्रश्न पनि उठिरहेको छ– सुकी आफ्नो देशमा कति शक्तिशाली छिन् ?

स्टेट काउन्सिलर हुन् सुकी
वर्तमान समयमा आङ सान सुकी म्यानमारमा स्टेट काउन्सिलर पदमा नियुक्त छिन् । यो पद उनले संविधानमा संशोधन गरेर आफैँले सिर्जना गरेकी हुन् । यसको उद्देश्य त्यस्तो व्यक्तिलाई राष्ट्रपति पदसम्म पुग्नबाट रोक्नु थियो, जसको विवाह कुनै विदेशीसित भएको छ या उसका सन्तान विदेशी नागरिक छन् ।

सुकी म्यानमारकी सबैभन्दा लोकप्रिय नेता हुन् । उनको पार्टीको नाम नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) हो । सन् ०१५ मा सम्पन्न आमनिर्वाचनमा उनको पार्टीले जबर्जस्त जित हासिल गरेको थियो । पार्टी तथा क्याबिनेटका ठूला निर्णय सुकीद्वारा नै लिने गरिएको छ । उनले विदेशमन्त्रीको पद पनि सम्हालिरहेकी छिन् । म्यानमारका राष्ट्र तिन चो आफ्ना कामका लागि सुकीप्रति जवाफदेही भएको सन्दर्भबाटै सुकीको शक्तिको अनुमान लगाउन सकिन्छ ।

सेनासित कति शक्ति ?
म्यानमारको संविधान त्यहाँको सैनिक सरकारद्वारा बनाइएको हो, जो १९६२ देखि नै कुनै न कुनै रूपमा सत्तामै रहेको छ । अहिलेको संविधान २००८ मा एक जनमत संग्रहमार्फत स्वीकृत गरिएको थियो । त्यस समय एनएलडी अर्थात् सुकीले यस संविधानमाथि आफ्नो सहमति जनाएकी थिइनन् ।

सैनिक सरकारद्वारा पारित गराइएको यस संविधानमा संसद्का एकचौथाइ सिट सेनाका लागि आरक्षित गरिएका छन् । यसका साथसाथै तीन महत्वपूर्ण मन्त्रालय– गृह, रक्षा र सीमा मामिलासित जोडिएका मन्त्रालय सेनाले आफूसित राखेको छ ।

राष्ट्रिय सुरक्षा र सुरक्षा परिषद्का ११ सबैभन्दा महत्वपूर्ण सिटमध्ये ६ सिट सेनासित छन् । यिनीहरूसित लोकतान्त्रिक तरिकाबाट चुनिएको सरकारलाई हटाउने शक्तिसमेत छ । राज्यको बजेटको १४ प्रतिशत हिस्सा रक्षा क्षेत्रमा खर्च हुने गर्छ । यो स्वास्थ्य र शिक्षा दुवै क्षेत्रलाई मिलाएर हुनेवाला बजेटभन्दा पनि बढी हो ।

आङ सान सुकी र सेनाबीच पछिल्ला २० वर्षभन्दा बढी समयदेखि संघर्ष चलिरहेको छ । सुकीलाई लगभग १५ वर्षसम्म घरमै नजरबन्दमा राखिएको थियो । निर्वाचनपछि सुकी र सेना मिलेर देश चलाइरहेका छन् । सुकीसित जनमत छ र सेनासित वास्तविक शक्ति । दुवैबीच अहिले पनि कैयौँ मुद्दामा असहमति छन् । सुकी संविधानमा संशोधन गराउन चाहन्छिन् । जब कि सेना यसको पक्षमा छैन ।

रोहिंग्याप्रतिको दृष्टिकोण
रोहिंग्या मुद्दामा सुकीले निकै सम्हालिएर हिँड्नुपरिरहेको छ । किनकि, म्यानमारका जनता रोहिंग्या मुसलमानप्रति संवेदनशील छैनन् । म्यानमारका धेरैजसो जनताको भनाइअनुसार रोहिंग्या समुदायका मानिस त्यहाँका नागरिक होइनन् । उनीहरू बंगलादेशबाट आएका गैरकानुनी आप्रवासी हुन् ।

राखिने प्रान्तमा त अवस्था झनै खराब छ । यहाँका बौद्ध धर्मावलम्बी समुदाय र रोहिंग्या समुदायबीच दशकौँदेखि लडाइँ चलिरहेको छ । राखिनेमा बसोवास गर्ने बौद्ध समुदायलाई छिटै आफूहरू आफ्नो इलाकामा अल्पसंख्यक बन्ने खतरा महसुस हुन लागेको छ । राखिनेको राष्ट्रवादी पार्टी एएनपी त्यहाँको स्थानीय विधानसभामा बहुमतमा छ, तर यस पार्टीमाथि सुकीको पार्टी एनएलडीको नियन्त्रण छैन । राखिनेका जनतामा त्यहाँको प्रहरीप्रति सहानुभूति छ । प्रहरीमा आधाभन्दा बढी अधिकारी बौद्ध समुदायका छन् । उत्तरी राखिनेका धेरैजसो क्षेत्र सेनाको नियन्त्रणमै छ । सेनाका कमान्डर जनरल मिन आङ हेङले पनि भनेका छन् कि रोहिंग्या समुदायप्रति उनको सहानुभूति निकै कम छ ।

मिडियामाथि नियन्त्रण
म्यानमारको अवस्थामा मिडिया कभरेजको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको छ । पछिल्ला पाँच वर्षमा इन्टरनेट, मोबाइलको पहुँच निकै तीव्र गतिमा बढेको छ । तर, मिडियाको निकै कम हिस्साले मात्र रोहिंग्या समस्याबारे समाचार लेखिरहेका छन् । अधिकांश मिडियामा च्यानलमाथि राखिने प्रान्तबाट बौद्ध वा हिन्दूको पलायनको समाचार प्रसार गरिन्छ, जसको संख्या यथार्थमा निकै कम छ । सामाजिक सञ्जालका कारण पनि गलत जानकारी तथा सूचना अत्यन्त तीव्र गतिमा जनतामाझ फैलिरहेको छ ।

सुकीको सोच
यस प्रकार राखिने प्रान्तमा आङ सान सुकीको हात निकै हदसम्म बाँधिएको देखिन्छ । उनी रोहिंग्या समुदायको समर्थनमा उभिइन् भने बहुसंख्यक बौद्ध समुदायका जनता उनीबाट रुष्ट हुनेछन् । सुकीलाई पनि यस खतराको जानकारी छ । त्यसैले उनी रोहिंग्या मुसलमानको समर्थन गरेर जुवा खेल्न चाहन्नन् । र, सुकीले जब एकपटक मनस्थिति बनाइन् भने त्यसलाई परिवर्तन गर्नु कठिन छ ।

सुकीले राखिने प्रान्तमा सैनिक कारबाहीको विरोध गरिन् भने के सेनाले राज्यमा कारबाही जारी राखिरहला ? यो प्रश्न सुकीको दिमागमा पनि घुमिरहेको होला । वर्तमान अवस्थामा त त्यहाँका बहुसंख्यक जनता पनि सेनाको समर्थनमै देखिन्छन् ।

भलै ०१५ को निर्वाचनमा सुकीको पार्टीलाई निकै ठूलो सफलता हात लागेको भए पनि राज्यको वास्तविक शक्ति अझै सेनाको हातमा छ । र, यसपटक अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको आलोचनाका लागि सेनाले सुकीलाई आफ्नो ढालका रूपमा उपयोग गरिरहेको छ ।

बिबिसी हिन्दीको नयाँ पत्रिकाले अनुवाद गरेको सामग्री

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
आजदेखि पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आजदेखि पातलो प्लास्टिकको झोला प्रतिबन्ध
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?
पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी
एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस
एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस
जुवाखालबाट एक महिलासहित १४ पक्राउ
जुवाखालबाट एक महिलासहित १४ पक्राउ