पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पूर्वसभासद् घिमिरेको  दुर्घटनामा मृत्यु

सारांश

  • भद्रपुर।
  • तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्।
  • इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई  मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो।

भद्रपुर। तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई  मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो।

झापाको मेचीनगर–१३ दुहागढी घरभएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकाे पारिवारिक स्रोतले बताएको छ। तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ।   नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेकाे प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए।
उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए। नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए।  भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेकाे र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
सन्नी लियोनिको बायोपिक विवादमा
सन्नी लियोनिको बायोपिक विवादमा
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि
गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि
कट्टर मुस्लिम देशमा यसरी बन्दैछ हिन्दु मन्दिर
कट्टर मुस्लिम देशमा यसरी बन्दैछ हिन्दु मन्दिर

तपाईंले छुटाउनुभयो कि?