प्रवक्ता विश्वकर्मालाई भोजपुर लाने तयारी
सारांश
- विराटनगर,१९ भदौ ।
- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको भोलिपल्ट मंगलबार बिराटनगर ल्याईएको छ ।
- श्रीएअरलाईन्सको बिमान मार्फत उनलाई बिराटनगर ल्याईएको हो ।
विराटनगर,१९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको भोलिपल्ट मंगलबार बिराटनगर ल्याईएको छ ।श्रीएअरलाईन्सको बिमान मार्फत उनलाई बिराटनगर ल्याईएको हो । उनलाई भोजपुर लाने तयारी गरिएको स्रोतको दाबी छ । सर्वोच्च अदाललते विश्वकर्मालाई थुनामुक्त गर्न दिएको सोमबार तेस्रो पटक आदेश दिएको थियो ।
विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया