मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
सारांश
- मुम्बई, ३ पुस ।
- भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
- १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
मुम्बई, ३ पुस । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो ।
सोमवार साँझ सुरु भएको आगलागी दमकल ढिलो पुग्दा ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । अस्पतालमा आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन छतबाट हाम फाल्दा उनीहरु घाइते भएको बताइएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया