छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ । मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
साझाले थाल्यो काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा
साझाले थाल्यो काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै
प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !
दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी
दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन