रविन्द्र मिश्रले पार्टीको नाम जुराए

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
१४१४ पटक हेरिएको
Shares
रविन्द्र मिश्रले पार्टीको नाम जुराए

सारांश

  • बीबीसीसँगको २२ वर्ष लामो पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् ।
  • उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ ।
  • चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ ।

बीबीसीसँगको २२ वर्ष लामो पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् ।

उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ । चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका छौं ।’

पार्टीको औपचारिक घोषणा केही साताभित्र हुनेछ र, पार्टीको संयोजक मिश्र नै रहनेछन् ।

चर्चित पत्रकार मिश्रले मंगलबार बीबीसी नेपाली सेवा छाड्दै पार्टी गठन गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?