राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०७४
|
|
१२३ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
  • आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ ।
  • राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको खबर आजको नयाँ पत्रिकामा छ । आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ । राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ । गाउँपालिका-नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रूपमा स्थापित गरेर सञ्चालन गर्ने पनि राप्रपाको प्रतिबद्धता छ ।

गौहत्या निषेध : राप्रपाले गौहत्यालाई पूर्णतः निषेध गर्ने नीति लिएको छ । संकल्पपत्रमा भनिएको छ, ‘गौहत्यालाई निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्नलाई कारबाही गरिनेछ । गौरक्षाका लागि प्रत्येक गाउँ–नगरपालिकामा गौशाला निर्माण गरिनेछ ।’ विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने राप्रपाले जनाएको छ । पार्टीले निर्वाचन जितेका स्थानीय तहका कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्ने राप्रपाको संकल्प छ ।

बजेटको २० प्रतिशत शिक्षामा : स्थानीय तहमा विनियोजित बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउने संकल्प राप्रपाको छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजनिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा एकरूपता कायम गर्ने र रोजगारमूलक व्यावसायिक शिक्षालाई जोड दिने योजना राप्रपाले बनाएको छ । स्थानीय समुदायको सहमतिमा कम्तीमा शिशुशिक्षादेखि कक्षा ३ सम्म मातृभाषामा अध्ययन–अध्यापन गराउने व्यवस्था मिलाउने राप्रपाले जनाएको छ ।

प्रत्येक गाउँ–नगरमा २५ शय्याको अस्पताल : राप्रपाको संकल्पपत्रमा प्रत्येक गाउँ–नगरपालिकामा कम्तीमा २५ शøयाको अस्पताल निर्माण गरी प्राथमिक स्वास्थ निःशुल्क गर्ने घोषणा छ । विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गर्ने योजना पनि छ ।

राजतन्त्रसहितको लोकतन्त्र आवश्यक : थापा
संकल्पपत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र अबको आवश्यकता भएको बताए । थापाले भने, ‘राप्रपा संविधानको परिधिभित्र संसद्को नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्रको पक्षमा छ ।’ राजा महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति राप्रपाको प्रेरणाको स्रोत भएको पनि थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबार कस्तो रहला देशभरको मौसम?
मंगलबार कस्तो रहला देशभरको मौसम?
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्ष बन्धक
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
‘अदालतमा राजनीतिक हस्तक्षेपबाट जोगाऔं’
‘अदालतमा राजनीतिक हस्तक्षेपबाट जोगाऔं’
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
उपनिर्वाचनमा दलहरूबीच तालमेलको प्रयास
उपनिर्वाचनमा दलहरूबीच तालमेलको प्रयास
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
प्याराग्लाइडिङको सफल परीक्षण
प्याराग्लाइडिङको सफल परीक्षण

तपाईंले छुटाउनुभयो कि?