कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!

सारांश

  • काठमाडाै, १४ भदाै ।
  • कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीमाथि कारबाही नभएको भन्दै विरोध जारी छ।
  • घट्नाको विरोधमा विभिन्न सामाजिक अभियान्तादेखि कलाकारसमेत खुलेर लागेका छन्।

काठमाडाै, १४ भदाै । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीमाथि कारबाही नभएको भन्दै विरोध जारी छ। घट्नाको विरोधमा विभिन्न सामाजिक अभियान्तादेखि कलाकारसमेत खुलेर लागेका छन्। प्रहरी अधिकारीले वास्तविक अपराधीलाई लुकाएर घटनालाई मत्थर पार्न खोजेको आरोप लगाउँदै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक बालकको ज्यान समेत गइसकेको छ।

यो घटनासँगै पछिल्लो समय पोखरा, इटहरी, ललितपुर, काठमाडौँ लगायतका स्थानमा पनि बलात्कारका र हत्याका घटना सार्वजनिक भएका छन्। पछिल्लो समय महिला हिंसाका घटना बृद्धि भएका हुन्? महिलामाथि घर, समाजदेखि सामाजिक सञ्जालसम्म केकस्ता हिंसा हुने गरेका छन्? नेपालखबरका प्रभात लामाले यी प्रश्न नेपाली चलचित्रका दुई अभिनेतृ केकी अधिकारी र रिमा विश्वकर्मासँग राखेका छन्ः

पछिल्लो समय बलात्कार र हत्याका घटनाहरु धेरै सार्वजनिक भइरहेका छन्। यसलाई महिला हिंसाका घट्ना बढेको इन्डिकेटर मान्न सकिन्छ?
केकीः महिला हिंसाका घटनाहरु आफैमा सीमित राख्नु हुँदैन, बोल्नु पर्छ, अन्यायको विरुद्धमा आवाज उठाउनु पर्छ भन्ने चेतना पछिल्लो समय बृद्धि हुँदै गएको छ। त्यसकारण पछिल्लो समय यस्ता घटना बढी सार्वजनिक भएका हुन्, तर घटना बढेका होइनन्। पहिले यस प्रकारका घटनाहरु हुने गरे पनि लाज वा कथित इज्जतको कारण ती बाहिर आउँदैनथे। घटना भित्रभित्रै लेनदेनमा मिलाएर पीडितलाई चुप लगाउन बाध्य बनाइन्थ्यो। अहिले त्यस्तो छैन।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या नै भयो, अन्य ठाउँबाट पनि यस्तै खालका घटनाका खबर आइरहेका छन् नि!
केकीः कञ्चनपुरको घटना निकै अमानवीय घटना हो। बलात्कारपछि हत्या हुनु भनेको निकृष्टताको पराकाष्टा नै हो। महिलामाथि निच सोच राखेर आक्रमण हुनु भनेको यो पुस्ताका लागि सुहाउँदो कुरा होइन। लाज लाग्दो काम हो। समाज र विश्वलाई कस्तो बनाउने भन्ने योजना बनिरहेको बेला एउटी महिला, छोरी बलात्कार हुन्छे र मारिन्छे भने हाम्रो समाज कता गइरहेको छ भन्ने लाग्छ। मलाई त यो घटनाले यति धेरै अफ्ठ्यारो पारेको छ कि सामान्य काम गर्न पनि समस्या भइरहेको छ।

रिमा विश्वकर्मा

रिमा विश्वकर्मा

रिमाः आम मानिसलाई जस्तै यो घटनाले ममा पनि प्रभाव पारेको छ। मलाई आफ्नो नियमित काम गर्न पनि गाह्रो भइरहेको छ। अर्को कुरा यो त मिडियामा वा सोसल साइटमा आएका कुराहरु हुन्। तर लुकेर बसेका घट्ना कति होलान् हाम्रो समाजमा?

म सोच्छु, अहिलेको पुस्तामा पनि यस्तो सोच व्याप्त रहेको छ। बलात्कारी मानसिकता बोकेर कति जना हाम्रै वरिपरि घुमिरहेका होलान्, जसलाई हामीले चिनेकै छैनौँ। मलाई यही कुराले डर लागिरहन्छ। त्यसैले म आफू पनि असुरक्षित महुशुस गरेकी छु।

अझ खतरा त कहाँ छ भने बलात्कार भएपछि अपराधीले पूर्णरुपमा सजाय पाउँदैनन्। कुनै न कुनै पावर वा पैसाको आडमा उनीहरु खुलेआम हिँड्छन्। यसले गर्दा अपराधी मानसिकताका मानिस ढुक्क हुन्छन् भने भने हामीजस्ता नारी त डरै डरमा हिँड्नु पर्छ।

तपाईंले आफूलाई कत्तिको असुरक्षित महशुस गर्नुहुन्छ?
रिमाः गर्छु नि! मेरो घर र गाडी रोक्ने ठाउँ १ मिनेटको दूरीमा छ। त्यो सानो गल्लीको दूरी पार गर्न पनि मलाई निकै डर लाग्छ। म आफैँ त्यत्रो पब्लिक फेस गर्ने मान्छे, तर पनि मनमा डर बोकेर हिड्नु पर्छ। म आफ्नो घरको सदस्यलाई फोन गरेर बाहिर निस्कन भन्छु।

तपाईंले कहिल्यै यौन हिंसा भोग्नु भएको छ?
केकीः ह्यारेसमेन्ट वा यौन हिंसा कसैले भौतिक रुपमा गलत मनसायले शरीर छोएर वा शारीरिक आक्रमणमा उत्रिएको कुरालाई मात्रै मानिदैन। यदि कसैले महिला भएकै कारण उसलाई अफ्ठ्यारो हुने गरी हेरिरहने, संवेदनशील अंगहरु हेर्नु, अपशब्द वा अश्लील शब्द प्रयोग गर्नु पनि हिंसा हो। अझ मैले त यस्ता घट्नाको दिनदिनै सामना गर्नु परेको छ।

सामाजिक सञ्जालमा झन दिनदिनै म्यासेज आउँछन्। म्यासेज गर्नेहरु मेरो शरीरको अंग विशेषलाई लिएर विभिन्न टेक्स्ट गर्छन्। केही दिनअघि मेरो सामाजिक सञ्जालमा एक जना पुरुषले मेरो शरीरका अंग विशेष र बनोटलाई लिएर अश्लील म्यासेज गर्नुभयो। त्यो उहाँको हेपाहा प्रवृति हो।

ममाथि हिंसा र दमन गर्न खोजिएको हो। तर म त्यस्ता कुराको डटेर सामना गर्न वा जवाफ फर्काइराख्न सक्दिनँ। राति सुत्ने बेला त्यस्ता कुराले मलाई निकै गाह्रो बनाउँछ, मैले किन त्यस्ता मान्छेलाई जवाफ फर्काउन सकिनँ भनेर। यस हिसाबले हामी सधैँ यस्ता हिंसामा परिरहेका छौँ।

अब मैले नै यस्ता कुराको सामना गरिरहनु परेको छ भने आम महिला वा नारीले झन कति खेप्नु परेको होला? हरेक स्थानमा महिलाहरुले यस्तो अफ्ठ्यारो परिस्थितिको सामना गरिराख्नु भएको होला।

रिमाः मैले व्यक्तिगत रुपमा त्यस्तो हिंसा वा नराम्रो कुराको समाधान गर्नु त परेको छैन। तर मेरो आफ्नो नजिकको साथी र आफन्तमा भने भएको छ। उनीहरुलाई त्यस्तो हुनु भनेको मलाई भए सरह हो। त्यस्तो बेला म उनीहरुको रक्षा गर्नपछि पर्दिनँ। घटनाको विरोध गर्न म पछि पर्दिनँ। फेरि हामी यस्तो प्रोफेसनमा छौँ कि हामीले बोलेकै आधारमा अर्को ह्यारेसमेन्ट हुने सम्भावना हुन्छ।

बलात्कारका घट्ना बढ्नुमा महिलाले लगाउने कपडा, पर्दामा हुने अंग प्रदर्शनले पनि भूमिका खेलेको छ भन्ने आरोप छ नि!
केकीः यो आरोपमात्र हो। जब म यस्ता कुरा सुन्छु, म यसको जवाफ नै दिन सक्दिनँ। बलात्कार कसैको ‘ड्रेस अप’ ले वा कलाकारले पर्दामा गरेको भूमिकाका कारणले हुने भन्दा पनि मान्छेको दिमागमा के सोच छ भन्ने कुराले गर्ने हो। ‘ड्रेस अप’ वा कलाकारको कलाकारिताका कारण मात्रै हुने भए दुधे बालिकाको बलात्कार हुँदैन्थ्यो। १४ वर्षीया बालिका के ग्ल्यामर हुन्छ? उनीहरुको ‘ड्रेस अप’ मा कहाँनेर ‘भल्गारिटी’ छ?

‘रेड लाइट एरिया’ ले कानुनी मान्यता पाए भने बलात्कारका घट्ना कम हुन्छन् भन्नेहरु पनि छन्। तपाईंको धारणा के छ?
रिमाः यो सबै मानिसको सोच हो। ‘रेड लाइट एरिया’ भएको देशमा के बलात्कारको घट्ना भएका छैनन् र? यो सब बहाना हो। जबसम्म मानिसको आचरण र चेतना राम्रो हुन्न, तबसम्म यस्ता कुराले खास अर्थ राख्छ जस्तो लाग्दैन।पछिल्लो समय बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भन्ने माग चर्को रुपमा उठेको छ। के मृत्युदण्डले बलात्कारका घटनामा कमी ल्याउँछ त?

केकी अधिकारी

केकी अधिकारी

केकीः यसको सपोर्टमा म कहिले पनि हुन्नँ। मैले यस विषयमा कहिले पनि बोलेको छैन। मृत्युदण्ड सजाय भएको देशमा पनि बलात्कारको घट्ना नभएका होइनन्। यदि यसो भयो भने बलात्कारको केसमा निर्दोष व्यक्ति पनि त त्यो सजायको भागीदार हुन सक्ला नि। यहाँ राजनीतिक पहुँच र पावरले घट्ना प्रभावित बन्छ। बरु भएका कानुन नै पूर्णरुपमा कार्यान्वयन गर्दै दोषीमाथि कानुनअनुरुप कारबाही गर्ने हो भने प्रभावकारी हुन्छ।

बलात्कार तथा यौनजन्य हिंसाका घट्नाबाट जोगिनका लागि महिला दिदीबहिनीलाई केही भन्नु हुन्छ?
रिमाः महिला दिदीबहिनीलाई भन्नु केही पनि छैन, भन्नु पर्ने त ती पुरुषहरुलाई हो, जसको दिमागमा बलात्कार छ। छोरीचेलीले यो लाउनुस्, त्यो नलाउनुस्, यति बेला घरबाट निस्कनुस्, यति बेला घर आइपुग्नुस् भन्नुभन्दा पुरुषले आफ्नो घरमा पनि दिदीबहिनी, आमा, छोरी छन् भन्ने कुरा मनन गर्नु पर्‍यो।

तपाईं कुनै केटीको बारेमा नराम्रो सोच्दै गर्दा आफ्नो घरको दिदीबहिनी, छोरी या श्रीमतीमाथि अरु कोहीले त्यस्तै विचार राखेको थाहा पाउँदा तपाईंलाई कस्तो हुन्छ? तपाईंको घरमा यस्तो घट्ना हुँदा तपाईंलाई जति चोट पुग्छ, ठीक त्यस्तै अरुको पनि घरमा हुन जान्छ भन्ने मात्रै सोच्यौँ भने पनि गिद्धेदृष्टि कम हुनसक्छ। तपाईं छोराहरुले आफ्नो दिदीबहिनीहरुको रक्षा गर्नुहोस्। तपाईँले नराम्रो दृष्टिले हेरेका महिला कसैको छोरी, दिदी बहिनी वा श्रीमती अथवा आमा हुन सक्छिन्। यति सोचेमात्रै धेरै कुरा राम्रो हुने थियो।

(नेपाल खबर बाट )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर
इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
नौ महिना सिनेमा हल बन्द हुँदा दुई अर्ब घाटा
नौ महिना सिनेमा हल बन्द हुँदा दुई अर्ब घाटा
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
धोनी र गेलभन्दा अगाडि पारस खड्का
धोनी र गेलभन्दा अगाडि पारस खड्का
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई