रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे

सारांश

  • ८ साउन, काठमाडौं ।
  • कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् ।
  • संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।

८ साउन, काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले लैजाने भन्ने सुझाब दिनुस्’ भन्दै बैठकको सुरुवात गरे ।

नेता रामचन्द्र पौडेलले सुरुमै पहिलो र दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधेका थिए । ‘हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा किन हार्यौँ । संविधानसभामा पहिलो भएको पार्टी किन पछि पर्यो,’ पौडेलले भने, ‘ठूलो पार्टी, संविधान जारी गरेको पार्टी किन डिफेन्सिभ भयो ? अफेसिन्भ किन हुन सकेनौँ ?’

नेता चन्द्र भण्डारीले भने – संविधान संशोधन नेपालको हितका निम्ति छ भनेर हामीले अघि बढायौँ, तर संशोधनलाई बुझेर वा नबुझेर अगाडि बढ्यौँ भन्ने बुझेनौँ । सबैबाट स्वीकार्य संविधान होस् भन्ने हाम्रो चाहना त भयो, तर यसलाई ‘जस्टिफाइ’ गर्न सकेनौँ । नागरिकता, सीमांकन र भाषाको विषयमा हामी प्रस्ट भएनौँ, तर एमालेले भारतीयलाई नागरिकता दिन खोजेको, सीमांकनमा पहाड एवं तराईलाई छुट्याउन खोजेको र हिन्दी भाषालाई पनि मान्यता दिन खोजेको भन्दै उल्टै हामीमाथि नै दोषी देखाएर प्रचार गरिदियो । भारतले नाकाबन्दी लगाएपछि जनताले दुःख पाए, तर यसलाई सम्बोधन गर्न सकेनौँ, क्षेत्र विभाजनमा गम्भीर भएनौँ ।

टिकट उल्ट्याउँदा पार्टी पराजित भएको गुनासो नेता मीन विश्वकर्माले राखेका थिए भने आइजिपी र न्यायालयको विवादले पार्टी हारेको निष्कर्ष रामकृष्ण यादवको थियो । नेता महेश आचार्यले अख्तियार प्रमुखमाथि एमाले र माओवादीले महाअभियोग ल्याए तर कांग्रेसमा अलमल देखिएकाले पनि पार्टीलाई क्षति पुगेको बताए । आइजिपी, राजदूत, प्रधानन्यायाधीश प्रकरणमा पनि पार्टी चुकेको उनको निष्कर्ष थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?