रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
८२५ पटक हेरिएको
Shares
रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी

सारांश

  • नायिका रेखा थापाको हिजोआज शैली फेरिएको छ ।
  • महोत्सवमा पुग्दा छोटा पहिरनमा पुग्ने रेखा अहिले सारी लगाएर पुग्न थालेकी छिन् ।
  • महोत्सव हेर्न पुगेका दर्शकलाई दुई हात जोडेर नमस्कार गर्दै उनी अभिवादन गर्छिन् ।

नायिका रेखा थापाको हिजोआज शैली फेरिएको छ । महोत्सवमा पुग्दा छोटा पहिरनमा पुग्ने रेखा अहिले सारी लगाएर पुग्न थालेकी छिन् । महोत्सव हेर्न पुगेका दर्शकलाई दुई हात जोडेर नमस्कार गर्दै उनी अभिवादन गर्छिन् । रेखा अब नायिकाबाट नेतृ बन्ने तयारीमा छिन् । यसै गरि  गायिका कोमल वलीले त राप्रपाको राजनीति सुरु गरेपछि रेडियो नेपालको २० बर्ष लामो जागिर नै छाडेकी छिन् ।

आजबाट सुरु भएको राप्रपाको महाधिवेशनमा रेखा केन्दि्रय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् । यसैले पनि अहिले रेखालाई केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी गराऔं भन्ने खालका तस्बिरहरु फेसबुकमा भेटिन थालेका छन् ।

रेखासँगै नेपाली चलचित्रसँग आवद्ध केहि चलचित्रकर्मीहरुलाई अहिले राप्रपाको महाधिवेशनले छोएको छ । रेखा केहि समय अगाडि मात्र राप्रपामा प्रवेश गरेकी थिइन् ।

अहिले, उनी राप्रपाका विभिन्न कार्यक्रममा पुग्छिन् र भाषण गर्छिन् । रेखाका लागि राप्रपाको केन्द्रिय सदस्य पदको निर्वाचन निकै महत्वपूर्ण देखिएको छ ।

राप्रपाको राजनीति सुरु गरेर सांसद बन्दै देशको नेतृत्व पदमा पुग्ने रेखाको सोचलाई केन्दि्रय सदस्य पदको चुनावले निकै ठूलो अर्थ राख्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने
यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने
आजको राशिफल
आजको राशिफल
पराजयको अपजस पार्टी सभापतिलाई नदिन महामन्त्री कोइरालाको आग्रह
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
हेलिकोप्टर दुर्घटनामा दुई सैन्य विमान चालकको मृत्यु
हेलिकोप्टर दुर्घटनामा दुई सैन्य विमान चालकको मृत्यु
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)
पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)

तपाईंले छुटाउनुभयो कि?