रोकिएन संयुक्त सैन्य अभ्यास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
रोकिएन संयुक्त सैन्य अभ्यास

सारांश

  • सोल, ४ जेठ ।
  • उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।
  • उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको थियो ।

सोल, ४ जेठ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको थियो ।

बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्को बैठकका बारेमा केही निर्णय पनि भएको छैन ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । बुधबारको बैठक पनि सोही कारणले नबस्ने उसले जनाएको हो ।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।

दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।

सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाई छ ।

उता उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।

उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचक बुधबार बैठक हुने भनिएको थियो । तर सो बैठक उत्तर कोरियाका कारण हुन सकेको छैन ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो ।

उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आपूmले आणविक शस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ ।

उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने सो वार्ता गर्न दबाब दिने र उत्तरसँगको वार्तालाई कायमै राख्ने जनाएको छ । सैन्य अभ्यासको विषयलाई लिएर अमेरिकाको भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
रोनाल्डो सहित फिफा उत्कृष्ट खेलाडीका लागि तीनजनाको नाम मनोनयन
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
कांग्रेसको फेर नसमात्न वाम गठबन्धन : प्रचण्ड
कांग्रेसको फेर नसमात्न वाम गठबन्धन : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?