कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

सारांश

  • ढोरपाटन ।
  • चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
  • पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

ढोरपाटन । चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार बालिका बाल उद्यानमा भएको खेलमा पुलिस क्लबले दोस्रो २५–१८, चौथो २५–२३ र पाँचौँ सेट १५–९ ले जित्यो । पहिलो र तेस्रो सेट घुम्टे गलकोटले जितेको थियो । प्रतियोगितामा विजेता बनेको नेपाल पुलिस क्लबले रु तीन लाख र उप–घुम्टे गलकोटले रु एक लाख पचास हजार हात पारेका छन् ।

यही चैत १३ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार दिउँसो सकिएको हो । भलिबल प्रतियोगितामा देशभरबाट १३ समूहको सहभागिता रहेको चैते दसैँ मेला भलिबल खेलका व्यवस्थापक किशोर छन्त्यालले जानकारी दिनुभयो । चैते दसैँका अवसरमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?