प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन

सारांश

  • काठमाडौं ।
  • प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ ।
  • दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उनका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्रमान ताल्चाँडेलले जानकारी दिए ।

काठमाडौं । प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ । दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उनका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्रमान ताल्चाँडेलले जानकारी दिए । उनकोे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र चार छोरी छन् ।

विसं २०१३ सालमा भएको भद्र अवज्ञा आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका ताल्चाभँडेलले विसं २०१८ पछि राष्ट्रिय समाचार समिति (रासस)को सिन्धुपाल्चोक समाचारदाता भएर पनि काम गरेका थिए । जिल्लाकै पहिलो पत्रकारका रुपमा काम गर्नुभएका ताल्चाभँडेललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोक र नेपाल प्रेस युनियन जिल्ला शाखाले पनि सम्मान गरेका थिए ।

विसं २०२५ पछि पूर्णरुपमा राजनीतिमै सक्रिय भए । उनी विसं २०४३ मा प्रजातान्त्रिक समूहका तर्फबाट सिन्धुपाल्चोकको तत्कालीन नवलपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरेका थिए । ताल्चाभँडेलले विसं २०४९ र २०५४ मा पनि नवलपुर गाउँ विकास समितिको अध्यक्ष भएर काम गरेका थिए । ताल्चाभँडेल पछिल्लो समय नेपाल प्रजातन्त्र सेनानी सङ्घमा क्रियाशील थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
7 Solo: A Star Wars Story Questions We Still Need Answered
7 Solo: A Star Wars Story Questions We Still Need Answered
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
४ सय जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ सरुवा भए हेर्नुहोस !
४ सय जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ सरुवा भए हेर्नुहोस !
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
पहिरामा परी चार बेपत्ता पाँचको शव फेला
पहिरामा परी चार बेपत्ता पाँचको शव फेला
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
फरक शैलीमा बालेन
फरक शैलीमा बालेन
Is definitely AVG Worth The Price?