पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

सारांश

  • काठमाडौं।
  • पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन्।
  • देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लालेका हुन्।

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लालेका हुन्।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ। विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन्।

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने भएकी छन्। पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छन्। अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन्।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो। करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन्।

उच्चस्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांस भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ। ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’–स्रोतले भन्यो।

पूर्वराजा ज्ञानेन्द्र वर्षमा दुई पटकभन्दा बढी थाइल्याड जाने गर्छन्। उनी यसपालि अपार्टमेन्टमा बस्नेगरी थाइल्याण्ड जान लागेका हुन्। पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड गएका थिए। नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजवादीहरूसँग भेट गरेका थिए।

भ्रमणमा निजी सुरक्षाकर्मी सशस्त्रका डिएसपी र केही कामदारबाहेक अरुलाई सहभागी गराइने छैन। लामो समयदेखि हिमानी सँगसँगै नबसेका पूर्व युवराज पारस भने नेपालमै रहनेछन्। त्यहाँबाट फर्केपछि उनी नेपालमै रहँदै आएका छन्।

पूर्वयुवराज्ञी हिमानी भने तीन वर्ष अघिदेखि दुई छोरीको उच्च शिक्षा अध्ययन गराउन अधिकांस समय थाइल्याडमै बस्ने गरेकी छन्। नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?