वैशाख अन्तिम साता घलेगाउँ महोत्सव

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
वैशाख अन्तिम साता घलेगाउँ महोत्सव

सारांश

  • लमजुङ, १० वैशाख  ।
  •   दक्षिण एशियाकै नमूना गाउँको रुपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९औँ घलेगाउँ महोत्सव हुने भएको छ ।
  • घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो ।

लमजुङ, १० वैशाख  ।  दक्षिण एशियाकै नमूना गाउँको रुपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९औँ घलेगाउँ महोत्सव हुने भएको छ ।

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो । सोमबार सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको थियो । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले घलेगाउँलेले विगत १९ वर्षदेखि महोत्सव गर्दै आएको छ ।

विगतका महोत्सवले गाउँको प्रवद्र्धनमा सहयोग पुगेको भन्दै अबको महोत्सवले भने आर्थिक समृद्धिको सन्देश दिने आयोजकले जनाएको छ । घलेगाउँमा विकास भएको ग्रामीण पर्यटनबाट गाउँको आर्थिक समृद्धि भएको भन्दै यो सन्देश विश्वभर फैलाउन आवश्यक रहेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

“विगतका महोत्सवबाट गाउँको प्रचारप्रसार भयो, गाउँमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आए”, उहाँले भन्नुभयो, “विदेश गएकाहरुले भन्दा गाउँमा बसेकाले बढी कमाइ गर्छन्, महोत्सवले पर्यटन व्यवसायबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिने छ ।”

महोत्सवमा परम्परागत गुरुङ संस्कृति, गुरुङ सङ्ग्रहालय तथा चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव, दृष्यावलोकन, होमस्टे अध्ययन र ग्रामीण पर्यटनका बारेमा अन्तरक्रियालगायत कार्यक्रम तय गरिएको छ । प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनी घलेगाउँमा वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

विसं २०५६ मा घलेगाउँमा पहिलो पटक ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका अन्य गाउँ ग्रामीण पर्यटन व्यवसायतर्फ उन्मुख छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?