भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
१६० पटक हेरिएको
Shares
भने जतिको अलेचिको दाम् नपाएर किसान मर्कामा

सारांश

  • अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन्।
  • खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताउनुभयो।
  • केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन्।

अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन्।

खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताउनुभयो।

केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन्। अलैँचीको किनबेच असोजदेखि सुरु भएको छ तर किसानले उचित मुल्य नपाउँदा वर्षभरि मिहेनत गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको भोजपुर बोया–५ का कृषक ध्यानबहादुर तामाङले बताउनुभयो।

भोजपुरको खावा, कोट, तिम्मा, दोभाने, बोया, किमालुङ, छिनामखु, खाटम्मालगायत ३० भन्दा बढी गाविसमा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ। घरमै बसी बसी राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि भोजपुरका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?