संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा

सारांश

  • काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय चुनावको परिणाम निराशाजनक रहेको बताएका छन्।
  • बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा दुई पार्टीबीच एकीकरण भए पनि त्यसको प्रभाव चुनावमा नदेखिएको निष्कर्ष रहेको छ।
  • ‘स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन।

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय चुनावको परिणाम निराशाजनक रहेको बताएका छन्। बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा दुई पार्टीबीच एकीकरण भए पनि त्यसको प्रभाव चुनावमा नदेखिएको निष्कर्ष रहेको छ।

‘स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन। पार्टी एकीकरणपश्चात् देखिएको उत्साहजनक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक नै रहेको छ’, थापाले चुनावको समीक्षा गर्दै लेखेका छन्।

संसद्को चौथो ठूलो शक्ति राप्रपाले स्थानीय तहको चुनावमा ६ स्थानीय प्रमुखमा जीत हासिल गरेको छ। दुई चरणमा गरेर ६ सय १७ स्थानीय तहका लागि वैशाख ३१ र असार १४ गते चुनाव भएको थियो।

थापाले वैचारिकरूपमा पार्टी स्पष्ट भए पनि संगठन निर्माण गर्न नसकेको जस्तो आन्तरिक कारणमात्रै नभएर राप्रपाको अस्तित्व नै समाप्त पार्न चाहने शक्तिहरू लागेका जस्ता कारण प्रस्तुत गरेका थिए।

त्यसका लागि अध्यक्ष थापाले हिन्दू धर्म नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोह र शक्तिकेन्द्र सक्रिय भएको बताएका छन्।

‘संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ। पार्टीको विचार, नेतृत्व र समग्रमा पार्टीप्रति नै वितृष्णा र घृणा फैलाएर राप्रपा र राप्रपाको विचारलाई सदाका लागि समाप्त पार्न चाहने गिरोह र प्रवृत्तिभित्र केही राजनीतिक दलका नेता, केही आमसंचार माध्यमका प्रतिनिधिहरू तथा केही गैरसरकारी संस्था र नागरिक समाजका कथित अगुवाहरू रहेका छन्’, थापाको प्रतिवेदनमा उल्लेख छ।

केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पशुपतिसम्शेर राणा अनुपस्थित रहेका थिए भने ध्रुवबहादुर प्रधानले स्थानीय चुनावको समीक्षा, जयन्त चन्दले सचिवालय र आगामी कार्ययोजना तथा उद्धव खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

‘पहिलो दिन २० जना केन्द्रीय सदस्यहरूले बोल्नुभएको छ। बैठक तीन दिनसम्म चल्नेछ’, केन्द्रीय सदस्य भरत पाठकले बताए।

प्रधानको प्रतिवेदनमा उम्मेदवारी चयन ठीक समयमा गर्न नसकिएको, संगठन कमजोर भएको, अरू पार्टीले व्यापकरूपमा खर्च गरेको, सरकारी स्रोत र गठबन्धनको दुरुपयोग भएको जस्ता कुरा समेटिएको छ।

प्रधानको प्रतिवेदनमा राप्रपासँग निर्वाचन आयोगको पूर्वाग्रह रहेको भन्ने कुरा स्थानीय चुनावमा प्रमाणित भएको पनि उल्लेख छ।

‘निर्वाचन आयोगले राप्रपामाथि नियोजितरूपमा कदम चालेको छ। दलको विधानबाट राजसंस्था र हिन्दुधर्म हटाउने विषयबाट सुरु भएको पूर्वाग्रहलाई स्थानीय चुनावको क्रममा प्रमाणित भएको छ’, प्रधानले प्रतिवेदनमा भनेका छन्। मधेसमा गाई र जोरगोरुलाई एकै स्थानमा राखेका कारणसमेत मतदाता झुक्किएर कम मत आएको निष्कर्षसमेत प्रतिवेदनमा उल्लेख गरेका छन्। पहिलो दिनको बैठकमा दिनेश साह, दिलविकास राजभण्डारी, तीर्थराज चटौत, ताहिर अली, अम्बिका ढकाल, बिन्दा गिरी, लालध्वज लामा, श्रवण नेपाली, सलिम खान, रामकुमार सुब्बा, गोपाल दाहाललगायतले बोलेका थिए। त्यसैगरी जगत गौचन, महामण्डलेश्वर स्वामी हेमानन्द गिरी, मिना सुवेदी, तोरण गुरुङ, बेटी ब्रजाचार्य, श्यामबहादुर शाही, नरेन्द्र चन्द, बिन्दु पहाडी, धर्मराज जोशीले प्रतिवदेनमाथि टिप्पणी गरेका थिए।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
Csgo Betting
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाढुंगा निकालेर छोडिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग
आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?

तपाईंले छुटाउनुभयो कि?