दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो

सारांश

  • काठमाडौँ, माघ २१ ।
  • दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको भनिएको चर्चित बलात्कार काण्डमा पीडित भनिएको युवतीको खातामा लाखौं रुपैयाँ भेटिएको छ ।
  • घटनाको विषयमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरको छानबिन समितिले युवतीको खातामा एकैदिन लाखौं रुपैयाँ जम्मा भएको भेटाएको हो ।

काठमाडौँ, माघ २१ । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको भनिएको चर्चित बलात्कार काण्डमा पीडित भनिएको युवतीको खातामा लाखौं रुपैयाँ भेटिएको छ ।

घटनाको विषयमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरको छानबिन समितिले युवतीको खातामा एकैदिन लाखौं रुपैयाँ जम्मा भएको भेटाएको हो । उनको एउटा खातामा २४ लाख र अर्कोमा ४ लाख रुपैँया भेटिएको छानबिन समितिमा रहेका प्रहरीका एक अधिकारीले बताए । युवतीले उनको बैंकमा जम्मा भएको रकमको स्रोत बारे बताउन सकेकी छैनन् । जबकी यसअघि उनको खातामा निकै कम रकम कारोबार भएको देखिएको छ ।

युवतीको खातामा अस्वभाविक रकम जम्मा भएको देखिएको छ । तर, स्रोत खुलाएकी छैनन् । तर, यो रकम कस्ले जम्मा गर्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । प्रहरी स्रोतले भन्यो । रहस्यमय ढंगले युवतीको खातामा रकम भेटिनुले पनि बलात्कार काण्ड रकम दिलाएर मिलाइएको पुष्टि भएको छ ।

स्रोतका अनुसार, दरबारमार्गका इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले बलात्कार घटनालाई पैसामा गुपचुप मिलाएका थिए । युवतीलाई ३० लाख नगद दिने र २० लाख रुपैयाँ बराबरको बुटिक खोलिदिने गरी गोप्य मिलापत्र भएको थियो । घटना मिलाइदिए बापत केही रकम प्रहरीलाई पनि दिने सहमति भएको थियो ।

आर्थिक छलफल भएको आशंकामा नै काठमाडौँ प्रहरी परिसरले छानबिन समिति बनाएर दरबारमार्गका डिएसपी तिलक भारतीलाई जिल्लामा तानेको थियो । इन्स्पेक्टर ठकुरीलाई थुनामा राखिएको छ ।

यता, सामूहिक बलात्कारमा परेकी भनिएकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा शुक्रबार काठमाडौँ प्रहरीमा किटानी जाहेरी दायर गरेकी छिन् ।

बलात्कार अभियोगमा जाहेरी दर्ता भएकोमा रामेछाप दुरडाँडा घर भई राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?