तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या

सारांश

  • तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् ।
  • ३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
  • घटनामा संलग्न महिलाका श्रीमान र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् । ३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाका श्रीमान र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ । पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना छोराले देखेपछि सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ ।

प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् । सुरुमा घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।

घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए । उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ । प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् ।

यो पनि पढ्नुस्
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्। सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए। दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्।

यो पनि पढ्नुस्
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदै राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बौल्दै उनले संविधान विपरित ल्याइएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिदै राजनीनामाका लागि तयार हुनुपर्ने बताएका हुन्। संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको टिप्पणी उनले गरे। ‘भर्खरै ल्याएको विधेयक फिर्ता लियो। विधेयक ल्याउनुभन्दा अगाडि सरकारले यसबारेमा गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो,’ उनले भने, ‘मनोमानी ढंगले गुठी विधेयक ल्याउने अनि फिर्ता गर्ने? फिर्ता लिनु बहादुरी होइन।

सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ। उहाँले नैतिक रुपले जिम्मा लिनुपर्छ। राजीनामा पनि दिन तयार हुनुपर्छ। म राजीनामा त्यसै माग्दिन दुई तिहाई बहुमतको सरकार छ।’ सरकारले धेरै विधेयकहरु संविधानको मर्म र भावना विपरित ल्याउने काम गरिरहेको आरोप लगाए। गुठी विधेयक ल्याउन खोजेर सरकारले नेपाली जनताको आस्था माथि प्रहार गर्ने काम गरेको उनले आरोप लगाए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले प्रधानमन्त्रीले पनि संविधानलाई स्वेच्छाचारी ढंगले प्रयोग गर्न नसक्ने चेतावनी दिए।

‘नेपालको संविधान साझा दस्तावेज हो। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो साझा प्रतिवद्धता हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कसलाई अधिकार दिएको छ?,’ उनले भने, ‘कुन संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ?’

यो पनि पढ्नुस्
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
सत्तारु दल नेकपा सांसद गंगा चौधरीले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गासबास खोस्ने काम गरेको दाबी गरिन्। ‘सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन र, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुको छोरा छोरीको गासबास खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो,’ उनले भनिन्।

उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको बताइन्। उनले भनिन्, ‘गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोक भोकै ठूलो खुला मैदानबाट लाखौं गुठी पीडित भूमिहीन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ।’ उनले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गरिन्।

उनले सामन्तहरुको आँखा आफ्ना पूर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप लगाइन्। ‘मानौं यो देश मालिकहरुको हो। यहाँ मालिकहरुको आदेशको पालना हुन्छ। यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ,’ उनले भनिन्, ‘किन की यो देश मालिकहरुले नै चलाउने गर्छन्। मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?