संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
४० पटक हेरिएको
Shares
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आवश्यक संघीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आवश्यक संघीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए।

“सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। यसका लागि समेत तपाईँ-हाम्रो संयुक्त पहल जरूरी छ”, प्रधानमन्त्री दाहालले भने। उनले संघर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे।

उनले भने, ‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो। संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ। संघीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु।” प्रधानमन्त्री दाहालले आ-आफ्नो पार्टीमा पनि संघीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे।

छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका संघीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। छलफलमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले संघर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित
डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित
फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेताहरु :पहिलो स्थानमा मोदी
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ
एटीएम मेसिन तोडफोड गरी चोरी गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश
पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश
विश्वभरी ट्विटर डाउन
विश्वभरी ट्विटर डाउन