संवैधानिक परिषद् बैठक: देउवाले किन पटक पटक बहिस्कार गर्छन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ मंसिर।
  •   बुधबार बिहान बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको छ।
  • यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक केहीबेर बसेको दाबी गरेका छन्।

काठमाडाै, २६ मंसिर।  बुधबार बिहान बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको छ। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक केहीबेर बसेको दाबी गरेका छन्। तर परिषद् सदस्य देउवा नआएपछि कुनै निर्णय हुन नसकेको उनको भनाइ छ। ‘बैठक केहीबेर बस्यो, तर शेरबहादुर देउवा आउनुभएन,’ नेपालखबरसँग अधिकारीले भने, ‘निर्णय केही हुन सकेन।’

मंगलबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण पुस ५ गतेका लागि सारिएको थियो। तर प्रधानन्यायाधीशको नाम प्रस्ताव गरी संसदीय सुनुवाई गरेर नियुक्ति गर्न ढिलाइ हुने भएको भन्दै प्रधानमन्त्री ओलीले बैठक आजै बिहान बोलाएका थिए। तर मंगलबार राति ९ बजे एक्कासि खबर आएकाले सभापति देउवा जान नभ्याएको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन्। मंसिर १६ गते बैठक चल्दाचल्दै परिषद्का सदस्य तथा विपक्षी दलका नेता देउवा बाहिरिएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउँदैछन्।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश भएका हुन्। सुनुवाइ समितिले पूर्ववत् निर्णय कायम राखे राणा प्रधानन्यायाधीशका लागि एक्लो उम्मेदवार हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?