अध्यक्ष ओलीले भने : संविधान संशोधन गर्न हतार गर्न हुन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
४४ पटक हेरिएको
Shares
अध्यक्ष ओलीले भने : संविधान संशोधन गर्न हतार गर्न हुन्न

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।
  • संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उनले भने ।

उनले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राखे । उनले भने,“संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उहाँले बताए ।

आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उनले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गरे । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताए ।

अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताए ।

अध्यक्ष ओलीले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताए । “आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उनले भने, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।”

प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उनको भनाइ छ । उहाँले आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताए ।

“देशको राष्ट्रिय हित खलबलिदिन नदिने भन्दै भावनात्मक रूपमा अरुको स्वार्थका लागि हाम्रा देशमा जनतालाई पारस्परिक घृणा फैलाउन, मारकाट मच्चाउन र हिंसा भडकाउने खालका क्रियाकलाप एमालेलाई स्वीकार्य छैन । यस्तो कार्य रोक्न एमाले अघि बढ्ने छ”, उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने बताए । उनले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने प्रतिशोधमा भइरहेको भन्दै अहिलेको आवश्यकता त्यसो नभई प्राप्त गरेको उपलब्धिको रक्षा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यतिसँग नेकपाको साइनो
यतिसँग नेकपाको साइनो
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
काक्रोको यस्ता छन् फाइदाहरु
काक्रोको यस्ता छन् फाइदाहरु
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो