सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?

सारांश

  • काठमाडाै, २४ वैशाख ।
  • सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो ?
  • हामी भन्छौँ– आठ हजार आठ सय ४८ मीटर !

काठमाडाै, २४ वैशाख । सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो ? हामी भन्छौँ– आठ हजार आठ सय ४८ मीटर ! तर, अझै पनि सगरमाथाबारे माथापच्ची जारी रहेछ । सर्वोच्च शिखर भर्खरै टेकेका केही विदेशी चीनबाट जारी भएको प्रमाणपत्र देखेर अचम्म मानिरहेका छन् ।

आफ्नो देशबाट हिँड्दा आठ हजार आठ सय ४८ मीटरको सगरमाथा चढ्न तिब्बती मोहोडातर्फ हान्निएका ती आरोहीले फर्किदा ४ मीटर होचोको प्रमाणपत्र पाएपछि अचम्म नमानुन् पनि कसरी ? उनीहरुले नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँग सोधे । नेपाल पक्षले ‘होइन’ भनिरह्यो, चीन पक्षले ‘हो’ मात्रै भनेन, नेपालले पुरानो उचाईलाई प्रचार गरेकोसमेत भन्न भ्यायो । यसो हुनुको कारण छ द माउण्टेरिङ एशोसिएसन अफ तिब्बतले आठ हजार आठ सय ४४ दशमलव १३ मीटर उचाइ किटान गरेर आरोहीलाई प्रमाणपत्र दिनु ।

सगरमाथालाई नेपाल र चीनको पानीढलोका रुपमा लिइन्छ । शिखर उही हो, चढ्ने ठाउँ वा बाटोमात्र फरक । मानौँ एउटा घरमा उक्लिने दुई भ¥याङ छन् । त्यो घर उत्तरी भ¥याङबाट चढ्दा एउटा उचाइको, अर्को भ¥याङबाट चढ्दा अर्को उचाइको कसरी हुन्छ ? तर, सगरमाथाबारे भइरहेको त्यस्तै छ । यसको उचाई आठ हजार आठ सय ४८ मीटर किटान गरिएको थियो, एक सय ६२ बर्षअघि । त्यसबेला २९ हजार २८ फिट, अर्थात् आठ हजार आठ सय ४८ मीटर कायम भएको हो । अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण संघ (युआइएए) ले संसारभरका हिमाललाई आधिकारिक मान्यता दिन्छ । यो संस्था विश्वका तीन लाख पर्वतारोही, ९१ पर्वतारोहणसम्बद्ध संस्थालगायत ६८ देशको सहभागितामा बनेको हो । यसले विश्वका हिमाललाई आधिकारिता दिँदा सगरमाथाको उचाइ ८८४८ मीटर नै मानेको छ ।

यही आधारमा नेपाल सरकारले आठ हजार माथिका १४ वटा हिमालको उचाइ, स्थानसहितको विस्तृत विवरण आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ । चीनले सन् २००५ मा सगरमाथाको उचाइ मापन गर्दा चार मीटर होचो भई आठ हजार आठ सय ४४ मीटर उल्लेख गर्न थालेको हो । तर, नेपालको उचाई आठ हजार आठ सय ४८ लाई विश्वव्यापी रुपमा मान्यता दिएको बताउँछन्, नापी विभागका महानिर्देशक गणेश भट्ट । विभागले ‘डाइरेक्ट मेजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर, ट्रेंगुलेसन, गुरुत्वलाई आधार बनाई यस बर्षदेखि आधिकारिक उचाइ मापनकार्य थालेको छ । यो काममा भारत, चीनसहित १० देशका नापी विशेषज्ञ लागिपरेका छन् ।

सन् १९५३ को मे २९ तारिखको बिहान ११ः१५ बजे नेपाली नागरिक तेञ्जिङ शेर्पा र न्युजिल्याण्ड एडमण्ड हिलारीले सफल आरोहण गरेपछि सगरमाथासँग मानव सम्बन्ध जोडिएको हो । पिक १५ नामले चिनिने सगरमाथालाई सन् १८५५ मा सर्भे अफ इण्डियाले नापेपछि विश्वकै अग्लो कायम भएको हो । मापन कार्य गर्ने ब्रिटिश कोलोनी कायमै थियो ।

सर्भेयर कर्णेल सर जर्ज एभरेष्ट थिए । सर्भे गरी उचाई पहिचान भएको १० वर्षपछि, अर्थात् सन् १८६५ मा उनै कर्णेल एभरेष्टको नाममा ‘हिमाल चुचुरो’ भनेर चिनिने सगरमाथाको अंग्रेजी नामाकरण ‘माउन्ट एभरेष्ट’ राखिएको हो । त्यसअघि सन् १९५६ (वि सं २०१२ साल) मा इतिहास शिरोमणि बाबुराम आचार्यले चुचुरोको नामाकरण ‘सगरमाथा’ गरेका हुन्, जसलाई तत्कालिन सरकारले सदर गरेको थियो ।

इटाली र नेशनल जियोग्राफीले पनि सगरमाथाको उचाई मापन गरेको, तर उनीहरुको उचाई परिणाम प्रयोगमा आउन सकेन । सगरमाथासहित नेपालमा आठ हजारभन्दा माथिका १४ हिमाल र चार सय बढी होचा हिमाल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासङ्घको ऐक्यबद्धता
महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासङ्घको ऐक्यबद्धता
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
अमेरिकाको  DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
अमेरिकाको DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन सहज
सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन सहज
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु
कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?