पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सारांश

  • काठमाडौं।
  • काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
  • जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।

अदालतले काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
फिफा र्‍याङकिङ : नेपाल एक स्थान खस्कियो
फिफा र्‍याङकिङ : नेपाल एक स्थान खस्कियो
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा