सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
४६ पटक हेरिएको
Shares
सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,

सारांश

  • काठमाडौं – नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ ।
  • तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए ।
  • तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ ।

काठमाडौं – नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ ।

सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ । 

उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै छन् ।

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भारतले आग्रह नसन्नुको पछाडि केही कारण रहेको बताउँछन् ।

उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न चाहेको छ । 

केही समय अगाडि भारतीय मिडियाले सप्तकोशी बाँधमा  भनेर प्रचार गरेका थिए । यसका पछाडि पनि भारतले बाँधमा आफ्नो सुरक्षा उपस्थिति खोजेको रुपमा हेरिएको छ ।

यसबाहेक श्रेष्ठ भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको ठान्छन् । विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् ।

कोशी ब्यारेजमा कसरी सुरक्षा खतरा छ भन्ने विषयमा भारतले चालेको कदम यस्तो थियो,

अन्तराष्ट्रिय आतंकवादी संगठनले नेपाल र भारतको सिमामा रहेको कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको खुलासा भएको छ ।

सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यो तथ्य खुलेको हो ।

भारतिय जासुसी संस्था (र) ले दिएको सूचनाको आधारमा यि तीन अन्तराष्ट्रिय आतंकवादी संगठनले बिहार क्षेत्रमा ठुलो आतंक मञ्चाउने योजना बनाइरहेको बताइएको छ । त्यसमा पनि नेपाल भारत सिमा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानमा उनिहरुले आक्रमण गर्ने योजना बनाइएको बताइएको छ । सोही आधारमा यो तथ्य बाहिर आएको हो ।

यस बिषयमा भारतिय टेलिभिजन आजतकको अनलाईन सस्करणमा पनि कोशी ब्यारेजमा आक्रमणको योजना बनेको समचार पोष्ट भएको थियो । समचारमा भने आतंकवादी संगठनको नाम उल्लेख छैन

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?