घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

सारांश

  • जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् ।
  • उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् ।उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन ।”

उता सो वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम दिँदै आएको दाबी गर्नुभयो । “घर भाडाको रकम प्रत्येक महीना दिएकै छौँ, साउनको बाँकी छ”, उहाँले भन्नुभयो, “कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन ।

वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन् । घरधनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “कही घर नपाएको बेला मेरो घरभाडामा लिएर बस्ने अहिले भाडासमेत नदिएर अफिस सारेकाले तालाबन्दी गरेको हुँ, मेरो भाडा आए ताला खोल्छु ।” उक्त वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक रु पाँच हजार २०० सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी
चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
सर्वोच्च अदालतमा मुद्दा फर्स्योटमा सुधार
सर्वोच्च अदालतमा मुद्दा फर्स्योटमा सुधार
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी

तपाईंले छुटाउनुभयो कि?