सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती

सारांश

  • नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यलय पोखराका प्रबन्धक विजय बस्नेतले पृथ्वीचोकको सस्तो बजारको मुद्दा उच्च अदालतमा पुगेकोले अदालतको आदेश मान्ने बताएका छन् ।
  • उनले भने, ‘व्यवसायीले जे गरेतापनि निगमको तर्फबाट म बोल्दिन् ।
  • ’ बिहिबार व्यवसायीले नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यलय पोखरा घेराउ गरेर नारा लाएपछि बस्नेतले समाधानलाई भने, ‘अदालतको आदेश पालना गर्छौ ।

नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यलय पोखराका प्रबन्धक विजय बस्नेतले पृथ्वीचोकको सस्तो बजारको मुद्दा उच्च अदालतमा पुगेकोले अदालतको आदेश मान्ने बताएका छन् ।

उनले भने, ‘व्यवसायीले जे गरेतापनि निगमको तर्फबाट म बोल्दिन् ।’ बिहिबार व्यवसायीले नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यलय पोखरा घेराउ गरेर नारा लाएपछि बस्नेतले समाधानलाई भने, ‘अदालतको आदेश पालना गर्छौ । ’ उनले निगम भन्दा पहिला व्यवसायी अदालतमा गएको जानाकारी दिँदै बस्नेतले नियम अनुसार नै अगाडि बढ्ने बताए ।

खुल्ला प्रतिस्पर्धामा सूर्यदिल ईन्भेस्टमेन्ट कम्पनीलाई टेन्डर परेको उनले जनाए । सस्तो बजार व्यवस्थापन समितिले भने नारा, धर्ना आन्दोलन गर्दै आएको छ । समितिले बुधबार नगरपालिका धर्ना, बिहीबार नेपाल वायु सेवा निगममा र शुक्रबार पोखरा पृथ्वीचोकमा बृहत जनप्रदर्शन गर्ने जानकारी दिएको छ । व्यवसायीहरुले बिहीबार सस्तो बजारबाट निकालेको ¥याली पृथ्वीचोकहुँदै मुस्ताङचोक गएर नेपाल वायु सेवा निगमको कार्यलयमा १ घण्टा धर्ना दिएको थियो ।

धर्नापछि ¥याली पृथ्वीचोक चोक हुँदै सस्तो बजारको मूल गेटमा कोण सभामा परिणत भएको थियो । कोण सभामा सस्तो बजार व्यवसायी समितिका संरक्षक सुशील, हङकङ बजार व्यवसायी संघकी व्यवसायी बसन्ती गुरुङ, साघुँमुख होलसेल व्यवसायीका उपाध्यक्ष क्षेत्र सुवेदी लयागतले व्यवसायी अन्यायमा परेको भनाइ राखेका थिए । घेराउ गर्न गएका व्यापारीले आफूहरुले जस्तोसुकै कठीनाइ सहन परेपनि तयार रहेको बताउ । सस्तो बजार व्यवसायीले बजार बन्दको कारण २५ लाख भन्दा धेरै क्षति भएको त्यसको जिम्मा साँचो लगाउनेले लिनुपर्ने धारण राखेका छन् ।

सूर्यदिल ईन्भेस्टमेन्ट कम्पनीलाई मासिक ११ लाख नेपाल वायु सेवा निगमलाई बुझाउने गरी टेन्डर परेको थियो । व्यवसायीहरु टेन्डर प्रक्रियामा जान नमानेपछी असार १८ गते देखि सस्तो बजार बन्द रहेको छ । बजारको विषयमा सस्तो बजार व्यवसायी समितिको तर्फबाट पोखराको उच्च अदालतमा मुद्दा परेको छ । मुद्धा छानबिनको लागि अदालतले २ पक्षलाई प्रमाण लिएर आउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?