कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी

सारांश

  • भनिन्छ नी, मानिसमा थरीथरीका प्रतिभा हुन्छन् तर त्यसलाई प्रयोगमा ल्याउन आफैंले इच्छाशक्तिको विकास गर्नुपर्दछ ।
  • यहि विस्वासलाई आत्मसात गर्दै भारतका रणजीत रंधवाको मस्तिष्कमा अनौठो सिर्जना गर्ने सोच विकसित हुँदै गयो ।
  • सुरुमा उनले धेरै क्षेत्रमा परिकल्पनाहरुको बिकास गरेपनि अन्त्यमा एउटा यस्तो बाइक निर्माण गर्ने अठोट गरे, जो अरुले फालेका सामानबाट तयार गर्न सकियोस ।

भनिन्छ नी, मानिसमा थरीथरीका प्रतिभा हुन्छन् तर त्यसलाई प्रयोगमा ल्याउन आफैंले इच्छाशक्तिको विकास गर्नुपर्दछ । यहि विस्वासलाई आत्मसात गर्दै भारतका रणजीत रंधवाको मस्तिष्कमा अनौठो सिर्जना गर्ने सोच विकसित हुँदै गयो । सुरुमा उनले धेरै क्षेत्रमा परिकल्पनाहरुको बिकास गरेपनि अन्त्यमा एउटा यस्तो बाइक निर्माण गर्ने अठोट गरे, जो अरुले फालेका सामानबाट तयार गर्न सकियोस । बाइक मर्मत कार्यसाला सञ्चालन गर्दै आएका उनका लागि यो अनौठो कुरा थिएन ।

बाइकको पछाडी पट्टीको पांग्रामा उनले जीपको टायर राखे । पेट्रोल ट्यांकका रुपमा दुध बोक्ने भाँडोलाई प्रयोग गरे । सीटका रुपमा उनले फलामे तावालाई प्रयोग गरे । यसैगरी उनले बाइकका लागि अन्य विभिन्न भागहरु भेला पारे । उनले बनाएको यो बाइक पञ्जावी चलचित्र ‘बंबूकाट’मा पनि प्रयोग गरिएको छ । उनका एक मित्रको मद्दतले सो चलचित्रका निर्मातासँग भेट गरेपछि निर्माताले नै बाइक बनाउन प्रस्ताव गरेको र उक्त बाइकलाई फिल्ममा प्रयोग गर्ने आश्वासन दिएको रणजीत बताउँछन् ।

उच्च इच्छाशक्ति र अठोटकासाथ रंधवाको नयाँ सोचले मुर्तरुप लिन सकेको उनका सहयोगीहरु बताउछन् । भविष्यमा ब्यवसायिक हुन नसके पनि यस्तै नयाँ नयाँ कामहरु गर्दै जाने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?