राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
१५ पटक हेरिएको
Shares
राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु, जेठ २२ – कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको चुनावमा ‘बस’ चिह्न लिएका उम्मेदवारले जितेका छन् ।
  • लामो समयसम्म रिक्त रहेको विद्यालय व्यवस्थापन समितिमा चुनावबाट अभिभावकले सदस्य छानेका हुन् ।
  • समितिका सदस्यमा चुनाव चिन्ह बस लिएका रेणु थापा, करोडपति केवट, सन्तराम चौधरी, उमेश थारुले बढी मत ल्याएर चुनिएका छन् ।

माधव बेल्वासे, कपिलवस्तु, जेठ २२ – कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको चुनावमा ‘बस’ चिह्न लिएका उम्मेदवारले जितेका छन् ।

लामो समयसम्म रिक्त रहेको विद्यालय व्यवस्थापन समितिमा चुनावबाट अभिभावकले सदस्य छानेका हुन् । समितिका सदस्यमा चुनाव चिन्ह बस लिएका रेणु थापा, करोडपति केवट, सन्तराम चौधरी, उमेश थारुले बढी मत ल्याएर चुनिएका छन् ।

प्रतिद्धन्द्धी साइकल चुनाव चिन्ह भएका सुशिला थारुको समुहले मत कम ल्याएका कारण हारेको छ । विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा र कांग्रेस समर्थित अभिभावक चुनावमा भिडेका थिए । विजयी सदस्यले विद्यालयका समस्यालाई बुझेर सबैको हित हुने काम गर्ने प्रतिबद्धता व्यतm गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?