लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
४८ पटक हेरिएको
Shares
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

सारांश

  • काठमाडौँ ।
  • संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
  • स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा अहिले नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?