सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

सारांश

  • म्याग्दी, ८ वैशाख , म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।
  • विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको बजेट अपुग भएपछि स्वदेश तथा विदेशमा रहेका मल्कबाङवासीले चन्दा संकलन गरी भवन निर्माणलाई पूर्णता दिएका हुन् ।
  • जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि उपलब्ध गराएको रु साढे १७ लाख बजेटमा समुदायले १४ लाख बढी रकम जुटाएर भवन निर्माण गरिएको विद्यालयका शिक्षक एवं भवन निर्माण समितिका संयोजक यानदेवी छन्त्यालले बताउनुभयो ।

म्याग्दी, ८ वैशाख , म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको बजेट अपुग भएपछि स्वदेश तथा विदेशमा रहेका मल्कबाङवासीले चन्दा संकलन गरी भवन निर्माणलाई पूर्णता दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि उपलब्ध गराएको रु साढे १७ लाख बजेटमा समुदायले १४ लाख बढी रकम जुटाएर भवन निर्माण गरिएको विद्यालयका शिक्षक एवं भवन निर्माण समितिका संयोजक यानदेवी छन्त्यालले बताउनुभयो । विद्यालयमा भवन निर्माणको लागि बजेट विनियोजन भए पनि उक्त बजेट पर्याप्त नभएपछि सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट रु १४ लाख १३ हजार ९१० संकलन भएको छन्त्यालले बताउनुभयो ।
दुर्गम गाउँमा तत्कालीन जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको बजेटले भवन निर्माण सम्पन्न नहुने भएपछि प्रवासमा रहेका मल्कवाङवासीले चन्दा सहयोग गर्न थालेका थिए । हाल युकेमा रहनुभएका मल्कवाङका शेर छन्त्यालको विशेष सक्रियता र मल्कवाङ केन्द्रीय समाज पोखराको समन्वयमा विभिन्न मुलुकमा छरिएका मल्कवाङवासीबाट सहयोग संकलन गरिएको थियो ।

उक्त भवन निर्माण अभियानमा स्वदेश र गाउँमै रहेका स्थानीयवासीसँगै युके, अष्ट्रेलिया, जापान, कोरिया, अरब, मलेसिया लगायतका मुलुकमा रहेका मल्कवाङवासीले सहयोग गरेका छन् ।

विसं २०२१ मा स्थापना भएको यस विद्यालयमा २०५० सालदेखि माध्यमिक तहको पठनपाठन शुरु भएको थियो । अहिले यस विद्यालयमा २५० जना बालबालिका अध्ययनरत छन् ।

यसैबीच विद्यालयले समुदायकै चन्दा रकमबाट फर्निचरसमेत व्यवस्थापन गरेको छ । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु एक लाख बजेटमा समुदायबाट थप रु दुई लाख ६३ हजार ५०० रकम थप गरी फर्निचरको बन्दोबस्त गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा
लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा
बिहिवार कति थपिए कोरोना संक्रमित ?
बिहिवार कति थपिए कोरोना संक्रमित ?
Health Minister expresses concern over increasing mental health problem
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…

तपाईंले छुटाउनुभयो कि?