चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • अबको एक महिनामा नेपालीहरुको महान पर्व दशैँ आउँदै छ ।
  • यसैलाई लक्षितगरी गीत सार्वजनिक हुन थालेका छन् ।

काठमाडौं । अबको एक महिनामा नेपालीहरुको महान पर्व दशैँ आउँदै छ । यसैलाई लक्षितगरी गीत सार्वजनिक हुन थालेका छन् । यसैक्रममा दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन् ।

कुमार केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा रन्जिता गुरुङ र महेन्द्र गौतमलाई फिचरिङ गरिएको छ । उनीहरुलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीतमा परदेशीको कहानी समावेश रहेको छ । आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा उतारिएको छ । जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पिडा देखाईएको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?