बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?

सारांश

  • सरकारले बालुवाटार लगायत देशभरका अतिक्रमणमा परेका सरकारी र सार्वजनिक जग्गा खोजविन गर्न शक्तिशाली आयोग गठन गरेको छ ।
  • आयोगलाई अतिक्रमित जग्गा फिर्ता ल्याउन र दोषीमाथि कारबाहीका लागि सिफारिस गर्नसम्मको अधिकार दिइएको छ ।
  • यद्यपी पुराना आयोगहरुको प्रतिवेदन कार्यान्व्यन नभएका कारण नवगठित आयोग अहिलेको घटना सामसुम पार्न गठन गरिएको हो की भन्ने आशंका गरिएको छ ।

सरकारले बालुवाटार लगायत देशभरका अतिक्रमणमा परेका सरकारी र सार्वजनिक जग्गा खोजविन गर्न शक्तिशाली आयोग गठन गरेको छ । आयोगलाई अतिक्रमित जग्गा फिर्ता ल्याउन र दोषीमाथि कारबाहीका लागि सिफारिस गर्नसम्मको अधिकार दिइएको छ । यद्यपी पुराना आयोगहरुको प्रतिवेदन कार्यान्व्यन नभएका कारण नवगठित आयोग अहिलेको घटना सामसुम पार्न गठन गरिएको हो की भन्ने आशंका गरिएको छ ।

सरकारले अतिक्रमण भएका सार्वजनिक जग्गाको छनविन गर्नको लागि गएको असारमा शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिती गठन गर्यो । उक्त समितिले ६ महिना लामो अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझायो । तर त्यो प्रतिवेदनमा देखाइएका दोषीमाथि कारबाही गर्न त परको कुरा सरकारले प्रतिवेदन नै सार्वजनिक गरेन ।

त्रिताल समितिको प्रतिवेदन गोप्य राखेको सरकारले फेरि नयाँ छानविन आयोग गठन गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीस मोहनमणि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्वसचिव जानकी बल्लव अधिकारी, भूमि अधिकारमर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शंकर बहादुर थापा छन । नवगठित आयोगलाई छानविनका लागि ६ महिनाको समय दिएको छ ।

आयोगलाई देशभरका अतिक्रमित जग्गा फिर्ता ल्याउने र दोषीमाथि कारबाहीको सिफारिस गर्ने सम्मको अधिकार प्रदान गरिएको छ ।

नव गठित आयोग शारदाप्रशाद त्रिताल नेतृत्वको समितिले दिएको सुझाबका आधारमा नै समिती गठन गरिएको सरकारको दाबी छ । यसअघि गठन गरिएको त्रिताल आयोगलाई ललिता निवास र काठमाडौं उपत्यकामा भएका जग्गा अतिक्रमणको छानविन गर्ने मात्र अधिकार दिइएको थियो ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार त्रिताल आयोगलाई जग्गा फिर्ता ल्याने र कारबाहीको सिफारिस गर्ने अधिकार नभएकाले त्यो भन्दा शक्तिशाली आयोग गठन गरिएको हो । त्रिताल आगोगको सिफारिस अनुसार नै थप छानविन र कारबाहीका लागि आयोग गरिएको सरकारको दाबी छ ।

सरकारले छानविनका लागि नयाँ आयोग गठन गर्दै गर्दा वालुवाटारको जग्गा अतिक्रमणका विषयमा अख्तियार र सिआइवीले पनि प्राथमिकताका साथ छानविन गरिराखेको छ । विभिन्न कोणबाट विभिन्न निकायहरुले छानविन गरे पनि सरकारी जमिन फिर्ता आइहाल्ने र दोषीमाथि कारबाही हुनेमा भने आशंका उब्जिएको छ ।

किन भनेर सरकारले २०४८ सालदेखिको सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छैन । त्यसले दोषी देखाएका कसैमाथि कारबाही हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू
जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द
पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द
असार २१ गते आइतबारको राशिफल यस्तो छ
असार २१ गते आइतबारको राशिफल यस्तो छ
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार

तपाईंले छुटाउनुभयो कि?