सुनकोसी नदीमा जीप खस्दा ७ जनाको मृत्यु….
सारांश
- काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो जीप सिन्धुलीको रत्नावती–३, मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ६ को मृत्यु भएको हो ।
- घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
- यस्तै जीपमा सवार एक जना हराइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलिका प्रवक्ता लाल बहादुर सिंह ठकुरीले जानकारी दिए ।
काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो जीप सिन्धुलीको रत्नावती–३, मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ६ को मृत्यु भएको हो । घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
यस्तै जीपमा सवार एक जना हराइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलिका प्रवक्ता लाल बहादुर सिंह ठकुरीले जानकारी दिए ।
प्रहरीका अनुसार जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । जीपमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको पनि प्रवक्ता ठकुरीले जानकारी दिए ।
मृतकहरुको नामः
१. जिल्ला सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा नं.–६ वर्ष ५० को साङ्ग दोर्जे शेर्पा
२. जिल्ला सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा न.–७ वर्ष ५७ को बाले शेर्पा

३. जिल्ला सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा न.–७ वर्ष ५० की निवुती शेर्पा
४. जिल्ला सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा न.–७ वर्ष ५० की सर्किनी शेर्पा
५. चालक लमजुङ्ग जिल्ला सानिभन्ञ्याङ्ग वस्ने अन्दाजी वर्ष ३५-४० को झपट ब.गुरुङ्ग

६. जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका स्वयम्भु गोल्ढुंङ्ग वस्ने वर्ष ६० की टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु
७.अन्दाजी ३५-४० बर्षको सनाखत हुन नसकेको पुरुष
प्रतिक्रिया