सूचना लुकाउनु अपराध : उपराष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
१२६ पटक हेरिएको
Shares
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति

सारांश

  • पराष्ट्रपति नन्दबहादुर पुनले सूचना लुकाउनु अपराध भएको बताएका छन् ।
  • राष्ट्रिय सूचना आयोगको महत्त्वपूर्ण फैसला/आदेशहरूको संग्रह सार्वजनिक गर्दै पुनले सूचना भनेको राज्य र नागरिकको आँखा भएकाले यसको प्रवाह नहुनु भनेको अन्धकारमय अवस्था हुने बताएको खबर आजको कान्तिपुरमा छ ।
  • उनले अन्धकारबाट मुक्त हुन सूचना माग्ने र दिने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

पराष्ट्रपति नन्दबहादुर पुनले सूचना लुकाउनु अपराध भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको महत्त्वपूर्ण फैसला/आदेशहरूको संग्रह सार्वजनिक गर्दै पुनले सूचना भनेको राज्य र नागरिकको आँखा भएकाले यसको प्रवाह नहुनु भनेको अन्धकारमय अवस्था हुने बताएको खबर आजको कान्तिपुरमा छ ।

उनले अन्धकारबाट मुक्त हुन सूचना माग्ने र दिने संस्कृतिको विकास गर्नुपर्ने बताए । ‘सूचनाको हक नागरिकको मौलिक हक भएकाले यसको पालनामा सबैले उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने । ठूलो संघर्ष गरेर लोकतन्त्र ल्याएको भए पनि दिमागमा लोकतन्त्र घुस्न नसकेकाले पछि परिएको उनको भनाइ थियो ।

उनले आयोगले नागरिकको सामथ्र्य अभिवृद्धि गर्न चालेको महाअभियानमा साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?